दाङ, २ चैत । एनएलजी ईन्स्योरेन्स कम्पनी लीमिटेड शाखा कार्यालय घोराहीमा कोरोना बीमा गरेका २२ जनालाइ कोरोना बीमा बाफतको रकम भुक्तानी गरिएको छ । कोरोना महामारीका समयमा जोखीम बहन गरिएका मध्ये २२ जना पोजेटिभ भएकाहरुलाई आज सोमवार बीमा बाफतको रकम हस्तान्तरण गरिएको हो ।
कोरोना बीमा बाफतको भुक्तानी पाउनेमा घोराही उपमहानगरपालिकाका ११ जना, घोराही खानेपानी तथा सरसफाई संस्थाका २ जना रहेका छन् भने ब्यक्तिगत रुपमा बीमा गरेका ९ जना रहेका छन् ।
कोरोना बीमा बाफतको रकम बुझ्नेमा एकै घरका ५ जना पनि रहेको एनएलजी ईन्स्योरेन्स कम्पनी लीमिटेड शाखा कार्यालय घोराही दाङका बरिष्ठ विकाश अधिकृत रवी गौतमले जानकारी दिए । “अहिलेसम्म शाखा कार्यालयमा कोरोनाको दाबी परेका ५६ जना मध्ये ३२ जनालाई भुक्तानी गरीसकेका छौ, अरु बाँकी पनि प्रकृयामै रहेका छन्” अधिकृत गौतमले भने ।
कोरोनाको बीमा गर्दा देशभर रहेका कम्पनीहरुले पुल बनाएर एउटा कम्पनीले नेतृत्व लिएकाले दावी भुक्तानीमा केही ढिला हुन गएको उनले बताए । दाङको शाखा कार्यालय दाबी परेका मध्ये आधा भन्दा धेरैलाई भुक्तानी गरिसकेकोले अव धेरै कम मात्रै बाँकी रहेको उनले जानकारी दिए ।
“दाबी परेकाहरुले आवश्यक कागजात पु¥याउनु भएको छ भने केही समय ढिला भएपनि दाबी रकम पाउनुहुन्छ” गौतमले भने । अहिले फेरी ३ जनाको भौचर प्राप्त भैसकेकोले उनीहरुलेपनी अवको केही दिनमा चेक पाउने गौतमले जानकारी दिए । अव घोराहीको शाखा कार्यालयमा २१ जनाको मात्रै दाबी भुक्तानी बाँकी रहेको छ ।
उता तुलसीपुरमा रहेको शाखा कार्यालयले पनि २४ जनाको दाबी परेकोमा १६ जनालाई भुक्तानी गरीसकेको जनाएको छ । गएको चैत्रदेखी कोरोना बीमा गरिएकोमा असारदेखी मात्रै दाबी परेको एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका शाखा प्रमुख शुरेश बस्नेतले जानकारी दिए ।
“अहिले सम्म १६ जनाको दावी भुक्तानी गरीसकेकोले अव ८ जनाको मात्रै भुक्तानी गर्न बाँकी छ” बस्नेतले भने । बाँकी रहेकाको पनि प्रकृयामै रहेकोले छिटै नै दावी बाफतको रकम हस्तान्तरण गरिने उनको भनाई छ ।