बाँकेमा गोष्ठीमुखी सरकारी कृषि कार्यक्रम, बैंकले समेत हेर्दैनन् कृषकलाई


नेपालगन्ज ९ चैत :  बाँकेमा तीनवटै तहले गर्ने कृषिसंग सम्बन्धित कार्यक्रममा गोष्ठीमुखी केन्द्रीत छन् । औपचारिकतामा सीमित हुने त्यस्ता गोष्ठीमुखी कार्यक्रमका कारण कृषीक्षेत्रमा कुनै देखिने प्रगति हुन सकेको छैन ।

सरकारी योजनाहरु कृषिक्षेत्रमा प्रगति ल्याउने भन्दा पनि गोष्ठीमै सीमित गर्न केन्द्रीत छन् । त्यसैको उदाहरण हो- पछिल्लो एक दशकयता बाँकेमा कुनै उत्पादनको बृद्धि हुन सकेको छैन । औपचारिकतामा र रिपोृटमा ठूला गफ दिए पनि ग्राउण्डमा प्रगति भएको देखिदैन ।

सरकारी क्षेत्रबाट हुने काममा प्रगति त भएन भएन बास्तविक कृषकले सहुलियत ऋण र पाउन सकेका छैनन् ।
खेतमा काम गर्ने बास्तविक कृषकले नभई कागजी हिसाव किताव मिलाउने पहुँचवालाले मात्र कृषि सहुलियत ऋण र अनुदान पाएको बाँके, बर्दियाका कृषकको गुनासो छ ।

‘दुईथरी कृषक छन् । एउटा खेतमा दिनरात नभनी दुःख गर्ने अर्को कागजम हिसाव किताव र प्रस्ताव मिलाउने । खेतमा दुःख गर्नेले होइन कागजमा हिसाव किताव मिलाउनेले अनुदान र ऋण पाइरहेका छन् ।’– सितापुरका कृषक लालबहादुर खत्रीले भने ।

कृषकले ऋण माग्न जाँदा बैंक तथा वित्तीय संस्थाका प्रमुखले ‘मुन्टो बटार्ने’ गरेको गुनासो गरेका छन् । त्यसतर्फ सरकारी निकायले कुनै चासो दिएको देखिदैन ।

सहुलियत होस् वा अन्य कुनै ऋण माग्न जाँदा कृषकलाई बैंक तथा वित्तीय संस्थाले प्राथमिकतामा नराख्ने गरेको कृषकहरु बताउँछन् ।

ब्यापारी हो भने चाही चिया, कफी सोधेर स्वागत गर्छन् ।’ खत्रीले भने–‘यस्तो पाराले कृषकको हित कहिले हुन्छ रु’ खत्रीले कृषि अनुदान र ब्याजदरमा सहयोग कार्यक्रम खेतमा काम गर्ने होइन कागजी हिसाव मिलाउनेले पाएको बताए ।

बर्दिया बाँसगढीका कृषक खडगबहादुर खत्रीले कृषकले ऋणका लागि दिएका फाईल बैंकले महिनौसम्म थन्क्याउने गुनासो गरेका थिए ।

बास्तविक कृषकले ऋण सहयोग नपाएको उनको भनाई थियो ।

प्रकाशित मितिः     ९ चैत्र २०७७, सोमबार ०७:३१  |