कम्पनी ऐनमा तोकिएको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउँदा देहाय बमोजिम जरिवाना हुनेछः-
(1) | म्याद भुक्तानी भएको तीन महिनासम्मका लागि, | |
रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. १,०००। | |
रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. २,०००। | |
रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा | रु. ५,०००। | |
(2) | खण्ड (क) बमोजिमको म्याद भुक्तानी भएको मितिदेखि थप तीन महिनासम्मका लागि | |
रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. १,५००। | |
रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. ३,०००। | |
रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा | रु. ७,०००। | |
(3) | खण्ड (ख) बमोजिमको म्याद भुक्तानी भएपछि थप छ महिनासम्मका लागि | |
रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. २,५००। | |
रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. ५,०००। | |
रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा | रु. 10,०००। | |
(4) | खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भइसकेकोमा प्रत्येक वर्षको लागि | |
रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. ५,0००। | |
रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा | रु. 10,०००। | |
रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा | रु. 20,०००। |
- माथि उल्लेख भएको म्यादभित्र त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध नगराउने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीलाई हुने सरहको जरिवाना हुनेछ।
- म्याद भुक्तान भएको अवधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिबाट गरिनेछ।
- तपशीलका विवरण, सूचना वा जानकारी तोकिएको म्यादभित्र नबुझाएमा महिनाको रु. २००। जरिवाना लाग्नेछ तर यस्तो जरिवाना एक आर्थिक वर्षमा एकहजार रुपैयाँभन्दा बढी हुने छैन। ती विवरणहरु निम्नानुसार छन् –
- प्रबन्ध पत्र तथा नियमावली संशोधन दफा (२१.१)
- शेयर बाँडफाँडको विवरण दफा (३१)
- धितोपत्र कारोबारको संझौता (३२.२)
- संचालकहरुको पदवहाली भएपछि पेश गर्ने लिखित जानकारी दफा (92.३)
- लेखापरीक्षक नियुक्ति र सोकी जानकारी दफा (111)
- एकल शेयरधनीको मृत्य दफा (१53)
- कम्पनी गाभ्ने विशेष प्रस्ताव दफा (१७७)
- दर्ता पश्चात कार्यालयको ठेगाना विवरण दफा (१८४)