राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ


नेपालगन्ज १३ चैत :  राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रवार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

बरिष्ठ उपाध्यक्षमा नमप्रसाद शर्मा, उपाध्यक्षमा विष्णुप्रसाद गौतम, सन्जय अग्रवाल, सुदिप पौडेल, राजेन्द्र गिरी, उषा भण्डारी रहेका छन् । त्यस्तै सचिवमा भीमबहादुर रानाभाट, सहसचिवमा सीता रेग्मी र कोषाध्यक्षमा भीम सुवेदी सर्बसम्मत चयन भएका छन् ।


अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य देवराज भार, पुजन बिश्वकर्मा, जिल्ला संयोजक सुर्य ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १३ चैत्र २०७७, शुक्रबार १६:३४  |
error: Content is protected !!