गुमीमा होली बिशेष सांस्कृतिक कार्यक्रम,सांसद ठम्मर विष्टद्धारा उद्घाटन


  • रोमहर्ष ओली

(सुर्खेत) :  गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को गुमिचुली जागरण युवा क्लबद्वरा संचालित गुर्भाकोट पर्यटन खेलकुद कृषि तथा सास्कृतिक कार्यक्रम -२०७७ को उद्घाटन गरिएको छ । कर्णाली प्रदेस सभाका सांसद ठम्मर बहादुर बिष्टको प्रमुख आथित्यतामा औपचारिक रुपमा उद्घाटन भएको छ ।

उक्त कार्यक्रम चैत १७ गते सम्म संचालन हुनेछ साथै सो कार्यक्रममा लेकबेशी नगरपालिकाका प्रमुख गगनसिङ सुनार,सिम्ता गाउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसि,गुर्भाकोट नगरपालिका वाडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङ लगायतका बिभिन्न पार्टी प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी हरुको उपस्थिति रहेको थियो ।


साथै उक्त कार्यक्रममा ठम्मर बिष्टले यस्ता प्रकारका कार्यक्रमले स्थानीय स्तरमा रहेका प्रतिभाहरु र उत्पादनहरुले स्थान पाउने भएको भन्दै कार्यक्रम आयोजना गर्ने आयोजक टिमलाइ धन्यवाद दिए ।साथै साबिकको गुमि अन्र्तगतको सडक , खानेपानी र शैक्षिक ,रोजगारको क्षेत्रमा बजेटको अत्याधिक केन्द्रिकरन गर्नुको साथै कार्यक्रम आयोजना भएको फिल्डलाई अत्याधुनिक फिल्डको रुपमा निर्माण गर्न आगामी आबमा बजेट बिनियोजन गर्ने मन्त्ब्यको क्रममा बताए ।

प्रकाशित मितिः     १५ चैत्र २०७७, आईतवार ०७:३५  |
error: Content is protected !!