नेपाल बैंक लिमिटेडको डिजिटल लुम्विनी प्रदेश महा-अभियान संचालन


  • गंगा खड्का ( आजको पोष्टबाट)

बुटवल :  नेपाल बैंक लिमिटेडले डिजिटल लुम्विनी प्रदेश महा अभियान संचालन गरेको छ । ग्राहकहरुलाई बैकिङ प्रविधिसँग जोड्ने उद्देश्यले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बुटवलले अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत बैंकले शनिवार रुपन्देही क्षेत्रमा रहेका ग्राहकहरुलाई ‘क्यूआर कोड’ वितरण गरेको छ ।

डिजिटल भूक्तानीमा पछिल्लो समय धेरैले रुचाएको क्यू आर कोड अर्थात क्वीक रेस्पोन्स कोडको पहुँचलाई नेपाल बैंकले सवै ग्राहकसामु पु¥याउने लक्ष्य लिएको जनाएको छ । उद्योगी, व्यवसायी, संघ, संस्था, कार्यालय र व्यक्तिगत प्यान नम्वर लिएका ग्राहकहरुले यसको सेवा लिन सक्ने प्रादेशिक कार्यालय बुटवलका प्रमुख लेखनाथ भुसालले बताए । ‘डिजिटल इकोनेमी अवधारणा अनुसार क्यूआर कोडको सेवालाई प्राथमिकता दिएका हौँ’, भुसालले भने,‘बढ्दो सूचना र प्रविधिलाई आत्मसाथ गरेमात्र ग्राहकको मन जित्न सकिन्छ ।’ उनले प्रदेशभर नै यस सेवालाई तिव्र रुपमा अघि बढाउने योजना सुनाए ।

बैंकिङ कारोवारलाई छिटो छरितो, सहज र सुरक्षाको प्रत्याभूति दिलाउन क्वी आर कोडको सेवा महत्वपूर्ण हुने उनले बताए । ग्राहकहरुको घरदैलोमा पुगेर यसबारे सचेतना दिने भुसालले जानकारी गराए ।

नेपाल राष्ट्र बैंकले २०७६÷०७७ को मौद्रिक नीतिमा नेपालको भूक्तानी नीति डिजिटल बनाउने योजना ल्याएको राष्ट्र बैंक सिद्धार्थनगर शाखा प्रमुख सुदिप फुयालले जानकारी गराए । देशभर क्यू आर कोडको सेवा लिने हालसम्म ३७ हजार ५ सय पुगेको उनले जानकारी गराए । यसमध्ये राजधानी बाहिर सवैभन्दा धेरै लुम्विनी प्रदेशमा १४ हजार ग्राहकले यसको सेवा लिएका छन् । यसको प्रयोगले नेपाली नोटको प्रिन्टिङ खर्चलाई समेत कटौती गर्ने उनले बताए । रुपन्देही क्षेत्रमा रहेका अटो रिक्सा व्यवसायीमा समेत यसको प्रयोग गरिएको छ ।

क्यू आर कोडको प्रयोग गर्दा दु्रत इन्टरनेट सेवाको पहुँच अनिवार्य हुन्छ । क्षमता सहितको इन्टरनेट पहुँचलाई विस्तार गर्नका लागि स्थानीय सरकारसँग पहल गर्ने बैंकले जनाएको छ । आर्थिक मामिला मन्त्रालय लुम्विनी प्रदेशका सचिव बाबुराम अधिकारीले सरकारले अघि सारेको डिजिटल प्रदेशको परिकल्पनालाई यस महा अभियानले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी सेवाग्राहीलाई क्यू आर कोड प्रदान गरिएको छ । कार्यक्रमको सहजीकरण नेपाल बैंक लिमिटेड भैरहवा शाखामा कार्यरत कर्मचारी माधव शाहीले गरेका थिए ।

प्रकाशित मितिः     १५ चैत्र २०७७, आईतवार ०७:४१  |