बाँके, २० चैत्र : राप्ती सोनारी गाँउपालिकाकोल ३ र ४ वडाको गाँउ गाँउमा बिद्युत् प्रवाह भएपछि खुसियाली मनाएका छन् । राप्ती सोनारीका बासीन्दाहरु सोलार र टुकी बालेर गुजारा गर्दै अएका बसिन्दा गाँउपालिकाले आफ्नो ४ करोड लगानीमा बिद्युत् वडाको हरेक गाँउ गाँउमा प्रवाह भएपछि खुशी छएको हो ।
बाँकेमा हल ९५ प्रतिशत स्थानमा बिद्युत् जडान गरी प्रवाह भैरहेको छ । तर राप्ती सोनारी गाँउपालिकामा स्थानीय सरकार नआए सम्म बाटो घाटो लगायत केही सुबिधा थिएन ।
तर स्थानीय सरकार आएपछि हरेक गाँउमा बाटो मात्र नभए गाँउ गाँउमा बिद्युतको सुबिधा उपलब्ध भएको छ । करिब सयौँ बर्ष देखि टुकी र सोलारबाट गुजार गर्दै आएका गाँउपालिका बासीहरु गाँउपालिकाको लगानीमा बिद्युत आएपछि गाँउमा खुशीयाली छएको श्री सरस्वाती मध्यामिक बिद्यालय व्यवास्थापन समितिका अध्यक्ष प्रेम राज केसीले बताउनु भयो । प्रबिधिक समयमा पनि स्कुलका बालबालिका प्रबिधिक सिकाईबाट बञ्चित रहेका थिए तर अब त्यस्तो नरहने अध्यक्ष केसीले बताउनु भयो ।
पहिला सोलारबाट गुजार गरेर कृषि गरिरहेका किसानहरुले अहिले सजिलै बिद्युत्को प्रयोग गरेर धेरै भन्दा धेरै कृषि गर्न सक्ने राप्ती सोनारी ३ का स्थानीय बुधन कुमारी थारुले बताउनु भयो । पहिला बिद्युत् नहुदाँ अकाशे पानकिा भरमा खेती गर्दे आई रहेको थारुले बताउनु भयो । बाटो बाटो पुल निर्माण नहुँदा कोही बिरामी हुँदा अस्पताल लग्ने गर्दा बाटोमै मृत्यू हने अवस्था अहिलने नरहेको उनले बताउनु भयो ।
आफुले चुनाव हुने बेलै बाटो घाटो लगायत बिद्युत्को जडान गर्ने वाचा पुरा भएको राप्ती सोनारी गाँउपालिकाका अध्यक्ष लाहु राम थारुले बताउनु भयो । गाँउपालिकाको ४ करोड लगानीमा र नेपालगन्ज सब डिभिजन बिद्युत् प्रधिकरणको सहयोगमा बिद्युत् प्रवाह गर्न सकेको अध्यक्ष थारुले बताउनु भयो ।
बिद्युत् प्रवाह भएर मानिसलाई उज्यालो दिने मात्र नभएर एक हिसाबले आर्थिक पाटो पनि जुतेको छ । बिद्युत् जडान भए सँगै कृषि, स्वास्थ्य, शिक्षा लगायतका साधनमा टेवा पुगेको छ । जस कराण्ले यस्ता ठाँउहरु पहिचान गरी समयमै विकासको बाटोमो लैजानु पर्ने जरुरी देखिन्छ ।