वागेश्वरी मन्दिरमा क्यूआर कोडबाटै भेटी भुक्तानी हुने, गभर्नरद्धारा क्यूआर कोडको शुभारम्भ


नेपालगन्ज, ३ बैशाख : नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिरमा चढाईने भेटी मोबाइलबाटै भुक्तानी गर्न सजिलो होस् भन्ने हेतुले माछापुच्छ्रे बैंकले क्यू. आर. कोड स्थापना गरेको छ ।

बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यू आर कोड हस्तान्तरण कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यू आर कोडको शुभारम्भ गरे । सो कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले नगदसहित समाजको परिकल्पना गरे अनुरुप बैंकहरुले भुक्तानीलाई विधुतीय माध्यमबाट सरलीकरण गरेको बताए ।

क्वीइक रेस्पोन्स प्रणालीबाट हुने भुक्तानीले सुशासन, पादर्शी हुने भन्दै गर्भनर अधिकारीले प्रविधिको प्रयोग आधुनिकताको प्रतीक भएको बताए । प्रविधिको प्रयोगमा युवापीडिको रुचि बढ्दो छ । मोबाइलबाट क्यू आर प्रणालीमार्फत भुक्तानी गर्न विनाझन्झट हुने हुँदा यसको प्रयोगका लागि सचेतना आवश्यक हुने सरकोकारवालाको जोड छ ।

माछापुच्छ्रे बैंक संचालक समितिका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो प्रविधिलाई समुचित प्रयोगका लागी स्थानीय तह र बैंकको सहकार्यमा जनचेतना दिनुपर्नेमा जोड दिँदै समृद्धको लागि प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँछन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर रानाले नयाँ प्रविधिले प्रवेश गरेसंगै भेटीमा सुधार हुने विश्वास व्यक्त गरे । विद्युतीय भुक्तानीले नगदरहित, भुक्तानी पारदर्शी हुने र कोभिड जोखिममा सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार १८:१८  |