बाँकेको आर्थिक विकासमा संचार -निजीक्षेत्र सहकार्यमा जोड


नेपालगन्ज :  बाँकेको आर्थिक विकासका लागि संचारकर्मी र निजीक्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले जिल्लाको आर्थिक विकासका मुद्धामा संचारकर्मीको सदैवमा साथ रहने बताए ।


बाँकेका आर्थिक विकासका लागि संचारकर्मीहरुले पैरबी गरिरहेको उनले स्मरण गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य लगायतले सहकार्यमा जोड दिएका थिए ।

संघका महासचिव चिरञ्जीवी ओलीले जिल्लाको आर्थिक क्षेत्रलाई बढावा दिन सहकार्य आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मितिः     ३ बैशाख २०७८, शुक्रबार १८:३६  |
error: Content is protected !!