नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ लेख्नु भएको थियो । त्यसैगरी, उहाँले दाङका लागि पनि २ सय वटा बढी अक्सिजन सिलिन्डर आजै पुग्ने उल्लेख गर्नु भएको छ । रुपन्देहीमा पनि अक्सिजनको समस्या समाधान हुँदै गरेको उहाँले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराउनु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका लागि लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइने नेपालगन्ज मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनु भयो । उहाँका अनुसार लिक्विड अक्सिजन भारतबाट नेपाल आउन चार दिन लाग्दछ । आज विहान लिक्विड अक्सिजन कोहलपुर आइपुग्नु पर्ने हो तर नारायणगढ बुटवल सडक खण्डमा लिक्विड अक्सिजन बोकेको गाडीमा खराबी आएको कारण मर्मत पछि विहान १० बजे बुटवल आइपुगेको थियो । बुटवलबाट कोहलपुर आइपुग्न ढिलाई भएको थियो ।
यस भन्दा पहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले लिक्विड अक्सिजन बिना कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै अस्पतालमा कोभिडका नयाँ संक्रमितलाई भर्ना लिन बन्द गरेको थियो ।
नेपालगन्ज ः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ ।