कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु


  • गीता खनाल

बाँके । बाँकेको कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु गरिएको छ ।

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले खाना कार्यक्रम सञ्चालन गरेको हो ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई दैनिक ३० रुपैया छाक खाना खान पाउने छन् ।


अभियानलाई २ महिनासम्म खाद्यान्ह केएल दुगड ग्रुपले उपलब्ध गराउने छ ।

अभियानमा बाँकेका स्थानीय निकाय प्रमुख, राजनितिक दलका प्रतिनिधि, समाजसेवि, व्यपारी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १ जेष्ठ २०७८, शनिबार १३:१३  |
error: Content is protected !!