लिलामी घरजग्गा खरिद गर्दा ध्यान दिनैपर्ने कुराहरु


काठमाडौं । बजार भाउभन्दा सस्तो मूल्यमा लिलामीका घरजग्गा पाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थामा धितो राखेको घरजग्गा लिलामी गर्न लागेको अवस्थमा त्यस्ता घरजग्गा चलनचल्तीभन्दा धेरै सस्तोमा बैंक तथा वित्तीय संस्थाले बेच्ने गरेका छन् ।

धितो राखिएको यस्तो सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुले लिलामीमा बिक्री गर्छन् । बैंकहरुले नियम पुर्याएर लिलामीमा बिक्री गर्ने भए पनि ग्राहकले किन्नुअघि यसबारे विस्तृत जानकारी राख्दा उचित हुन्छ । लिलामी घरजग्गा खरिद गरेपछि प्रक्रियागत झन्झट नआओस् भनेर सचेत हुन जरुरी छ ।

बैंकले सबै कागजात हेरेर पहिल्यै मूल्यांकन गरिसकेको हुन्छ । त्यस्ता सम्पत्ति दृष्टिबन्धक भएका हुन्छन् । तर कहिलेकाहीँ यस्तो लिलामी सम्पत्तिमा अनावश्यक मुद्दा, झैझगडाले गर्दा झमेला खेप्नुपर्ने हुन्छ । ऋणीले मुद्दा हाल्ने, कम भ्यालुमा बेच्यो भनेर दोषारोपण गर्ने, सम्पत्तिमा अरुले अनैतिक दाबी विरोध गर्न सक्छन् ।


यस्ता झमेलामा नपर्न लिलामी घरजग्गा खरिद गर्नुअघि लिलाम सम्पत्ति ऋणीको एकल अंश हो वा अरु दाजुभाइको पनि भाग लाग्ने हो भनेर बुझ्दा राम्रो हुन्छ । किनभने, यस्तो धितो राख्दैमा ऋणीले अरु अंशियारको पनि मञ्जुरी लिएकाले यसमा किचलो हुन सक्ने भएकाले पहिला नै थाहा पाउँदा सहज हुन्छ । अंशबन्डा नभएको सगोलको सम्पत्तिमा पछि दाबी गरेर मुद्दा हाल्दा कानुनले त्यस्ता अरु हिस्साको सम्पत्तिलाई अदालतले बदर गर्न सक्छ ।

विवादास्पद लिलामी घरजग्गाहरु अन्य संस्थाबाट पनि रोक्का भएका हुन सक्छन् । यसो भयो भने घरजग्गा नामसारीमा लफडा पनि हुन सक्छ । यसैले यसबारे सजग हुन जरुरी छ ।

क्यापिटल नेपालबाट

प्रकाशित मितिः     ३ जेष्ठ २०७८, सोमबार १३:२३  |
error: Content is protected !!