जनताको बहुदलीय जनवादको महत्व


जनताको बहुदलीय जनवाद नेकपा एमालेको पाचौ राष्ट्रिय महाधिवेशनद्वारा पारित नेपाली क्रान्तिको कार्यक्रम मात्र नभएर मार्ग दर्शक सिद्धान्तका रुपमा अगाडि बढिरहेको छ । यो माक्र्सवाद र लेनिनवादको मार्गदर्शकमा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण रक्षा र विकाससका क्रममा अघि बढ्दा प्राप्त भएको नेपालको कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण उपलव्धि हो ।

सोभियत मोडेलको समाजवादी राज्य व्यवस्थाको पतनपश्चात कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने प्रयत्न अनुरुप देखा परेको लोकतान्त्रिकरणको निर्देशक अबधारणा पनि हो ।

आधारभूत रुपमा यो कार्यक्रम जनताको जनवादी क्रान्ति सम्पन्न भएपछि लागु हुने कार्यक्रम हो । जनताको बहुदलीय जनवाद,राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा,कम्युनिष्ट आन्दोलनले अहिलेसम्म आर्जन गरेका अनुभव,नेपाली क्रान्ति र समाजको विशेषता एवम् विशिष्टतामा आधारित रहेर नेपालका कम्युनिष्टहरुले विकास गरेको कार्यक्रम हो ।

\वास्तवमा यस विचार वाट जननेता मदन भण्डारीलाई अलग गर्ने हो भने सजिवबाट जिव झिकिदिए जस्तो हुनेछ । मदनका नाममा पुल, बाटो, प्रतीक्षालय, स्कूल, कलेज, अस्पाताल, कविता, खण्डकाव्य, महाकाव्य, निवन्ध लेखिएका छन् । आम नेपाली जनताको मन मस्तिस्कमा मदनको छाप हटेको छैन ।

नेपालका कम्युनिष्ट पार्टी र अन्य राजनीतिक शक्तिले चलाएको आन्दोलन र त्यसपछि काम थुपै संबैधानिक, कानुनी र राजनीतिक सुधारबाट नेपाली समाज अहिलेको अवस्थामा आएको हो । यो अवस्थामा आईपुग्दा धेरैले बलिदान गरेका छन् । राणा शासन,पञ्चायती व्यवस्था र नेपाली जनतामाथि थिचोमिचो गरेको राजतन्त्र समाप्त गरेका छौँ ।

अब हामीले नेपाली समाजमा रहेको गरिवी, उत्पीडन थिचोमिचो विभेदलाई सदाको लागि समाप्त गर्न जरुरी रहेको छ । भ्रष्टचार, कालो बजारी, ढिलासुस्ती कमिसन खोर जस्ता विकृतिहरुको विरुद्धमा जनचेतना अभियान संचालन गरि जनतालाई परिवर्तनको अनुभूति दिन सक्नु पदर्छ । भ्रष्टाचार कालो बजारी, ढिलासुस्ती, कमिसन खोर,महिला हिंसाजस्ता प्रवृतिको सामाजिक बहिस्कार गर्ने र समाजमा राम्रो काम गर्नेलाई सम्मान गर्ने काम गर्न सक्नु पदर्छ ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको अवस्था तथा सोभियत संघ र पूर्वी युरोपका मुलुकहरुमा सोभियत मोडेलको समाजवादले धक्का खाएको प्रतिकुल अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलन एक पछि अर्को गर्दै सफल हँुदैआएको छ । यसको श्रेय माक्र्सवादको सिर्जनात्मकतामा आधारित भएर प्रतिपादित गरिएको जनताको बहुदलीय जनवाद र कमरेड मदन भण्डारीलाई जान्छ । जनताको बहुदलीय जनवाद औपचारिक रुपबाट लागु भएको आज २९बर्ष बितेको छ ।

राजनीतिक वृतमा यो २९ वर्ष जबजको निरन्तर चर्चाको विषय बनेको छ । नेकपा एमालेद्वारा आयोजित पाँचौ, छैटौ, सातौ, आठौ र नवौ सबै महाधिवेशनहरुले जबजलाई नेपालको सन्दर्भमा माक्र्सवादको सृजनात्मक रुपमा नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त स्वीकार गरेका छन् । हिजो जबजको पक्षमा असहमत हुनेहरु अधिकांश सहमतिको पक्षमा उभिएका छन् ।

संयुक्त राष्ट्रसंघको बडापत्र पञ्चशिलताको सिद्धान्त, सार्क वडापत्र एवम् भूपरिवेष्टितका राष्ट्रको पारवहान अधिकार पारवहान सन्धि एवम अन्तर्राष्ट्रिय कानून र सन्धि सम्झौताहरु सह अस्तित्व र भाईचारा सम्वन्धको आधारमा देशको स्वतन्त्रता सार्वभौमिकता र भगौलिक अखण्डताको रक्षाको पक्षमा र असमान सन्धि सम्झौताको विपक्षमा कडा रुपमा उभिनुका साथै प्रगतिशिल राष्ट्रवादको पक्षमा मदन भण्डारी सधै निडरका साथ उभिनु भयो ।

जनताको बहुदलीय जनवादले शान्ति,लोकतन्त्र,परिवर्तन, राष्ट्रियता एव राष्ट्रिय एकता जस्ता मुल्यहरुको प्रतिनिधित्व गर्छ । माक्र्सवादका सार्वभौम सच्चाइहरुलाई विशिष्ट परिस्थितिमा लागु गर्ने क्रममा जनताको बहुदलीय जनवादको प्रतिपादन भएको हो । जननेता कमरेड मदन भण्डारीको अगुवाईमा प्रतिपादित जबज नेपाली क्रान्तिको मौलिक कार्यक्रम मात्रै होइन यो नेपाली क्रान्तिको समग्र व्यवहारलाई मार्गदर्शन गर्ने सिद्धान्त समेत हो । दुई दशकमा नेपाली क्रान्तिका व्यवहारले जबजको सहीपनालाई प्रमाणित गरेको छ । जबजको महत्वपूर्ण लक्ष्यका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु, यथास्थितिवाद, नवरउदारवाद र संवैधानिक राजतन्त्रको सिमाभन्दा बाहिर आउन नचाहने नेपाली काङ्ग्रेस समेत संविधानसभा, गणतन्त्र र सामाजिक न्यायका विषयमा सहमत हुनु तथा हिंसा र उग्रवादको वाहक बनेको एमाओवादी शान्तिपूर्ण बाटो र लोकतन्त्रको मूलधारमा आउनु यसको वैचारिक श्रेष्ठता हो ।

०६२/०६३ को जनक्रान्तिको वैचारिक श्रोत जबजनै थियो । संसद स्थापनामै समिति हुन चाहने र परिवर्तनलाई अस्वीकार गर्ने दुबै गलत प्रवृतिलाई चिर्दै प्रतिनिधिसभाको ऐतिहासिक घोषणा, संविधान सभाको निर्वाचन, संविधान सभाबाट संविधान जारी हुनु यसको अगुवाईबाट भएको प्रस्ट छ । नेकपा एमालेसँग सहि विचार हुँदा पनि यसले सही ढंगले रक्षा, प्रयोग र विकास गर्न कुरामा ध्यान दिन सकेको पाइदैन । यस विचारको पैरवी गर्ने नेकपा एमालेका कतियय निर्णयहरु,व्यवहारहरु र आचरण जबजसँग मेल खाने गरि विकसति भएको पाइदैन यो दुखद् विषय हो ।

जबजका तीन वटा आयममध्ये पार्टीको लोकतान्त्रिकरण, क्रान्तिकारी संघर्षको लोकतान्त्रिकरण र जनवादी सत्ताको लोकतान्त्रिकरण यसका महत्वपूर्ण आयम हुन् । शान्ति पूर्णढंगले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिद्वारा जनवादी सत्ता संचालन गर्ने नीतिगत अवधारण हो । एकपटक क्रान्तिको नेतृत्व गरेपछि कम्युनिष्ट पार्टीबिना जनअनुमोदन सधैभरि सत्तामा रहिरहने राजनीतिक वैधता प्राप्त भएको ठान्ने र पार्टी मुख्य नेता पनि नेतृत्वमा टाँसिरहने प्रवृति अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखा परे, जसले पार्टीलाई क्रमश जनताबाट अलग्याउने र नेतृत्वलाई पनि कार्यकर्ताबाट विच्छेद गराउने काम ग¥यो ।


जबजले जनता र कार्यकर्तावाट बारम्बार अनुमोदित हुने बिचारलाई अगाडि सा¥यो र संगठन व्यवस्थापनमा पहलकदमी प्रतिष्पर्धा, श्रेष्ठता र नेतृत्वको सुस्पष्ट आधार दिएको छ । जबजको प्रकाशमा सामान्तवादका अवशेषहरु उन्मुलन गर्ने र जनताको बहुदलीय जनवादलाई सुढृढ गर्ने र सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृृदिको ठोस कार्यक्रमहरु अगाडि सार्न सके समाजवाद निर्माण गर्ने दिशा फराकिलो हुने निश्चित छ ।

मदन भण्डारी बैचारिक सिद्धान्तकार बढि थिए तर पनि उनमा मास पोलिटिकल लिडरको गुण पनि कम थिएन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको पहिलो व्यवस्थापिका संसद्को निर्वाचनका दौरानमा नेता भण्डारीको मास पोलिटिकल लिडरको क्षमता आमनेपाली जनताले देखेकै हुन्, अनुभव गरेकै हुन् भने समकालिक राजनीतिक वृत्तमा पनि उनी कुशल र प्रखर वक्ताको छवि बनाउन सफल भए । कुशल संगठक नभएको भए पञ्चायती र्निदलीय व्यवस्थाको स्वाभाविक प्रतिकूल र असहज परिस्थितिमा पनि पार्टीको संगठन कुशलतापूर्वक गर्नसक्नु कम चुनौती थिएन । परिणामस्वरुप बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका लागि तात्कालिन बाममोर्चा र नेपाली कांग्रेसको संयुक्त जनआन्दोलन पश्चात देशमा नयाँ राजनीतिक परिवेशको पदार्पण हुनसक्यो ।

 

तात्कालिक नेकपा मालेको एक प्रमुख नेताका रुपमा मदन भण्डारीको उचाईं आफैंमा उच्च थियो ।

जसका कारण एकीकृत पार्टी (तात्कालिक नेकपा माले र नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी) नेपाल कम्युनिष्ट पार्टी एमालेको महासचिवको महत्वपूर्ण जिम्मेवारी मदन भण्डारीले कुशलतापूर्वक निर्वाध गरे । यसै समयक्रममा महासचिव तथा जननेता मदन भण्डारी र तात्कालिक एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पार्टीको सांगठनिक कामको सिलसिलामा यात्रा गर्ने क्रममा चितवनको दासढुंगामा जिप दुर्घटनामा परी आकस्मिक निधन भयो । उनको असामयिक निधन नेपालको राजनीतिक क्षेत्रमा लामो समयका लागि अपुरणीय क्षति र पार्टीका लागि अग्रज नेताको अवसान थियो ।

मदन भण्डारीका विचारहरू सामयिक थिए, समाजवादी आन्दोलनलाई नयाँ शिराबाट व्याख्या र विश्लेषण गर्ने कुशल भाष्यकारका रुपमा उनलाई लिन सकिन्छ ।

विशेषतः पश्चिमा विश्वमा आएको उदारवाद तथा खुल्ला राजनीतिक प्रतिस्पर्धामा समाजवादी विचारलाई कसरी स्थापित गर्न सकिन्छ र तात्कालीक पूर्वी युरोपलगायत सोभियत संघको विघटन र अवसानपछि विश्व कम्युनिष्ट आन्दोलनकै आसानको अवस्था र पुनर्जागरणको आवश्यकताको टड्कारो प्रतिछायाँमा नवजीवन दिने बैचारिक मान्यता जनताको बहुदलीय जनवाद थियो । त्यसको कुशल प्रयोग र व्याख्याको व्यवहारिकतालाई पुष्टि गर्न जननेता मदन भण्डारी सफल भए । त्यसैले समग्र कम्युनिष्ट आन्दोलन र समाजवादी विचारको पुनर्चिन्तनको अग्रज अभियन्ताका रुपमा मदन भण्डारीलाई लिन सकिन्छ ।

जनताको बहुदलीय जनवादले बहुलवाद र बहुल विचारको राजनीतिक पृष्ठभूमिमा अन्य विचार र सिद्धान्तलाई पनि प्रतिस्पर्धाको खुला राजनीतिमा बोध र स्वीकार्यता गर्दै जनताकाबीच प्रतिनिधिमूलक संस्थाको जननिर्वाचित प्रतिनिधिका माध्यमबाट व्यवहारमा रुपान्तरणको प्रयोग तात्कालिक नेकपा एमालेले ग¥यो । जसको श्रेय जननेता मदन भण्डारीमा जान्छ ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धीपछि पुनस्र्थापित बहुदलीय व्यवस्था र त्यसैको आधारसिलामा बनेको नेपाल अधिराज्यको संविधान २०४६ मा व्यवस्था भएको जनताको प्रतिनिधिमुलक संस्था व्यवस्थापिका संसद् तथा तल्लो तहका स्थानीय निकायको प्रत्यक्ष निर्वाचनमा जनताको बहुदलीय जनवादको बैचारिक धरातलमा खुला राजनीतिक प्रतिस्पर्धामा भाग लिएर जनताका निर्वाचित संस्थाका माध्यमबाट शासन र विकासमा सहभागिताको स्वस्थ अभ्यास नेकपा एमालेले ग¥यो ।

साथै जनमतको उच्च सम्मानको प्रतिकात्मकताका आधारमा तात्कालिक नेकपा एमाले संसद्को दोस्रो ठूलो दल तथा नेपाली राजनीतिको प्रमुख शक्तिका रुपमा स्थापित हुनसक्नु उनको विचार र सिद्धान्तको विजयका रुपमा लिन सकिन्छ ।

नेपाली कम्युनिष्ट राजनीतिक विचारका एक शिखर व्यक्तित्व मदन भण्डारीको योगदान र उनले नेपाली कम्युनिष्ट आन्दोलनलाई जुन नयाँ विचारको सैद्धान्तिक धरातलमा व्याख्या र विश्लेषण गरे त्यसको परिणति स्वरुप वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन नेपालमा मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा पनि स्पष्ट प्रभाव पारेको छ । साथै जनताको बहुदलीय जनवादीे विचारको जुन प्रयोग र व्याख्या उनले अघि सारे त्यसैको पृष्ठभूमिमा नेपाली कम्युनिष्ट आन्दोलन अघि बढ्नेछ भन्नेमा राजनीतिक विश्लेषक र आमजनता अपेक्षित छन् ।
हाम्रो समाचारबाट

प्रकाशित मितिः     ३ जेष्ठ २०७८, सोमबार १२:५९  |
error: Content is protected !!