स्वास्थ्यकर्मी माथी भएको घटनाका दोषीले कुनै हालतमा उन्मुक्ति पाउनुभएन -लक्ष्मी केसी


आफनो जिवनलाई नै जोखिममा राख्दै सदैब बिरामीको सेवामा आफुलाइ समर्पित गर्ने चिकित्सक , नर्सिङ कर्मी र आम स्वास्थ्य कर्मिहरु माथी हुने दुर्ब्यभार, सांघातिक हमला अनि कुटपिट जस्ता अप्रिय घटनाहरूले शृङ्खला बद्द ढंग बाट विभिन्न अस्पतालहरुमा अराजक समुह र शक्तिको आढमा हुने अपराधजन्य कदमहरुको नेपाल नर्सिङ संघले सधैब कडा बिरोध गर्दै आइरहेको छ ।
भेरी अस्पतामा जेठ १३ गते राती बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक ,नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सांघातिक अपराधजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बांके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ।
निरन्तर सृङ्खला बधढंगले शक्तिको आडमा वा अन्य समुह बाट हुने यस्ता अपराधजन्य प्रवृत्तिका घटनामा संलग्न दोषि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीक्ताका साथ स्वास्थ्यकर्मिलाइ काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं ।
डिउटिमा रहेका चिकित्सक,नर्सिङकर्मीहरु जो जीउ ज्यान जोगाउनका निम्ति अस्पतालको तला बाट हाम फाल्दा घाइते हुनु भयका सबैको स्वास्थ्य लाभको कामना गर्दछौ ।
साथै भेरी अस्पतालमा बिरामीको सेवामा यो कोरोना महामारीको कहरमा जिवनलाइ समेत हत्केलामा राखी सेवारत आम जनस्वास्थ्य कर्मी माथि भयको सांघातिक आक्रमणका दोषीहरुलाइ कार्बाही र सुरक्षाको प्रत्याभूती हुनुपर्छ ।
प्रकाशित मितिः     १४ जेष्ठ २०७८, शुक्रबार १४:२८  |