गनापुरको ‘औद्योगिक करिडोरमा’ बढ्यो असुरक्षा, अम्बे स्टीलका ११ विद्युतका पोल ढालियो


नेपालगन्ज २३ जेठ :  बाँकेको जानकी गाउँपालिकास्थित पश्चिमकै ठूलो छड उद्योग अम्बे स्टीलमा बिद्युत खपतका लागि प्रयोग गर्न जडान गरिएका एघार वटा बिजुलीका पोल अज्ञात समूहले जेसीबी प्रयोग गरी ढालिदिएका छन् । गतवर्षदेखि सन्चालनमा आएको उक्त उद्योगको अपग्रेड हुँदै थियो । हाल दश मेगावाट विद्युत खपत भइरहेकोमा अब चालिस मेगावाट विद्युत आवश्यक हुने भएपछि विद्युत प्रशारण लाईन जडान हुँदै थियो ।

उद्योगका प्रबन्धक अनुप कुमार श्रेष्ठका अनुसार, बिहीबार दिउँसोतीर ११ वटा बिजुली लैजान गाडिएका पोलहरु ढालिएको छ । ‘उद्योगसम्म बिजुली पु¥याउनको लागि काम अन्तिम चरणमा पुगेको थियो’ उनले भने, ‘आज भोली नै बिजुली ल्याउने योजना हो । तयारी अवस्थामा रहेको संरचना विकास विरोधीहरुले क्षती पु¥याइदिदाँ अब अन्यौलता भएको छ ।’

११ वटा पोल ढाल्दा पोल र तार तथा निर्माणको खर्च गरेर १२ लाख बढी क्षती भएको छ । क्षती भन्दा पनि उद्योगलाई पूर्ण क्षमतामा सन्चालन कार्यमा भएको अवरोधले झन् समस्या पैदा गरेको छ । उद्योगले गनापुरदेखि उद्योगसम्म बिजुली ल्याउनको लागि चार किलोमिटर क्षेत्रमा पोल राख्न र तार तान्नको लागि कोहलपुरका व्यवसायी त्रिलोक धिताललाई ठेक्का दिएको थियो ।

दुई लाख चन्दा माग


स्थानीय जनप्रतिनिधि लगायतलाई मिलाउनुपर्छ भन्दै स्थानीय एक व्यक्तिले निर्माण व्यवसायीलाई दुई लाख रकम माग गरेको स्रोतको भनाई छ । त्यसमा विद्युतका कर्मचारी समेतको मिलोमतो भएको आशंका गरिएको छ । यद्यपी छानविन पछि मात्र यसको पुष्टि हुने देखिन्छ ती व्यक्ति लगायतको समूहले दुई लाख नदिए जे पनि हुनसक्ने धम्की दिएको निर्माण कार्यमा संग्लन एक कर्मचारीले जानकारी दिए ।

‘दुई लाख रकम माग गरेपछि त्यती रकम दिन नसक्ने भन्दै हामीले ५० हजार रुपैयाँ दिएका थियौं’ ती कर्मचारीले भने, ‘त्यसको ३/४ दिनमा त पोलहरु नै ढालिए ।’ सावधानीपूर्वक पोलहरु ढालेर क्षती गराइएकोले विद्युत् सम्बन्धी जानकार मान्छेको अगुवाईमा नै घटना गराइएको आशंका गरिएको छ ।

अनुसन्धानमा प्रहरीको ढिलाई

प्रहरी चौकी गनापुरको केही मिटरमा नै दिउँसै घटना हुँदा समेत प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । निर्माण व्यवसायी र उद्योगले बाँकेमा सिडिओ तथा प्रहरी प्रमुखलाई समेत जानकारी दिदाँ घटनालाई गम्भीरतापुर्वक नलिएको पाइएको हो ।

प्रकाशित मितिः     २३ जेष्ठ २०७८, आईतवार १७:०३  |
error: Content is protected !!