‘प्रहरी पसल बन्द गराउँदै हिड्छन्, घरधनीले भाडा बैंकले ब्याज देउ भन्दै ताकेता गर्छन’


नेपालगन्ज २४ जेठ :  कोहलपुरका पत्रकार चेतकान्त भट्टराईले लकडाउनका कारण व्यवसायिक क्षेत्रलाई परेको समस्याका बारेमा सामाजिक सन्जालमा लेखे,–

‘विभेदकारी बन्द कहिले सम्म हो ? प्रहरी पसल बन्द गर भन्दै व्यापारी उठाउँदै ईलाका पु¥याउने अनि घरबेटी भाडा, बैक लेब्याज मागेर फोन गर्ने । यो कस्तो खालको ब्यावस्था हो । बिहान सिटि पुक्ने प्रहरीलाई के थाहा ब्यापारीको पीडा ? सेटिङ सेटिङ सेटिङ मा सवैकाम हुन्छ यहाँ नेपालमा ।’

भट्टराईको भनाईमा धेरै जनाको समर्थन छ । सायद पीडा पनि उस्तै ! गत वर्षको लकडाउनले मर्माहत भएका व्यवसायीलाई यसपटकको लकडाउनले गर्नुसम्म गरेको छ । लगातार झण्डै दुई महिनादेखिको लकडाउन फेरी कहिले खुल्ने हो निश्चित छैन । लकडाउन लकडाउन जस्तो छैन । शहरमा खुलेआम मानिसहरुको भिडभाड बढेकै छ ।

कोरोनाको महामारी नियन्त्रणका लागि प्रभावकारी भनिएको लकडाउनका बिरुद्ध व्यवसायी लाग्ने कुरै भएन । उनीहरुले सहयोग गरेकै छन् । तर महामारी कम भएको अवस्थामा क्रमश लकडाउन खुकुलो गर्दै व्यापार व्यवसायलाई चलायमान बनाउन दिनुपर्ने आवाज भने यतिबेला धेरै उठ्न थालेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले त जिल्ला प्रशासन कार्यालय बाँकेलाई स्पष्टरुपमा अब लकडाउनन खुकुलो पार्दै लैजानुपर्ने सुझाव दिएको छ । संघका महासचिव चिरञ्जीवी ओलीले अब अर्थतन्त्रलाई बाँच्ने आधार बनाउनुपर्ने बताउँछन् । त्यसैका लागि मापदण्ड पुरा गरेर व्यवसाय सन्चालनको अनुमति दिनुपर्ने उनको माग छ ।

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार १०:१५  |