बाँकेमा छ महिनामा जग्गाको रजिष्ट्रेशन वापत रु ३८ करोड राजश्व उठ्यो(कुन स्थानीय तहले कति पाए ?)


नेपालगन्ज २४ जेठ :  बाँके जिल्लामा पछिल्लो छ महिनामा रु ३८ करोड ४८ लाख ९४ हजार ८ सय ७ रुपैया राजश्व उठेको छ । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका अनुसार, उक्त राजश्व २०७७ मंसिरदेखि २०७८ बैशाखसम्मको हो ।

संकलन भएको राजश्व नियम अनुसार बाँडफाँड भएको छ ।

संकलन भएको मध्ये ६० प्रतिशत सम्बन्धित स्थानीय तहले पाउने गरेका छन् भने बाँकी रकम प्रदेशमा दाखिला गरिन्छ । सोही नियम अनुसार बाँकेका स्थानीय तहलाई रु २३ करोड र प्रदेशमा रु १५ करोड दाखिला गरिएको छ ।

स्थानीय मध्ये सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाले रु ११ करोड पाएको छ ।

जग्गाको कारोवार र मूल्य समेत धेरै हुने भएकाले नेपालगन्ज उपमहानगरपालिकाको खातामा धेरै रकम देखिएको हो । हेर्नुहोस् कुन स्थानीय तहमा कति रजिष्ट्रेशन शुल्क उठ्यो र कति अनुदान रकम पाए ?

 

प्रकाशित मितिः     २४ जेष्ठ २०७८, सोमबार १४:५७  |