महामारी बिरुद्ध लड्दै जनताका वाचा पुरा गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपति


नेपालगन्ज :  विकासका मुद्दामा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अन्य स्थानीय तहका प्रमुखलाई उछिनेका छन् । गाउँपालिका प्रमुख नहुँदा समेत विकासका कार्यमा सक्रिय हुँदै आएका उनले पालिका प्रमुख भएपछि त्यसलाई अझ स्थापित गरे । कक्षपतिले गाउँपालिकामा आएको बजेटको मात्र भर परेनन्, प्रदेश र केन्दका थुप्रै योजना ल्याउन अग्रसर भए । आज ती योजना निरन्तर चलिरहेका छन् ।
प्रस्तुत छ खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिसँग संक्षिप्त कुराकानी-

कोरोना कहरले निकै ठूलो मानवीय र आर्थिक क्षती गर्यो । त्यसबाट खजुरा अछुतो हुने कुरै भएन । हामी पनि निकै प्रभावित भयौं । क्षती हुन नदिन हामीले योजनाहरु नबनाएको भने होइन । बाँकेमा खजुरागाउँपालिकाले पहिलो पटक ५० बेडको आइसोलेसन केन्द्र खोलेर कोरोनाका बिरामीको उपचार सुरु गर्यौं ।

खजुरा गाउँपालिका वडा नं. ७ को जनक शिक्षा सामाग्री केन्द्रको भवनमा हामीले ३५ बेडको आइसोलेसन केन्द्र, जहाँहरु हामीले २५ वटा बेडका लागि अक्सिजन सिलिण्डर सहित सेवा सुरु गर्यौं । र, वडा नं। राधापुर स्वास्थ्य चौकीमा १५ बेडको अक्सिजन सिलिण्डर सहितको आइसोलेसन केन्द्र हामीले सुरु गर्यौं । हामीले एकै दिन खजुरामा दुई वटा आइसोलेसन केन्द्र सुरुवात गरेका थियौं । र, त्यहाँ हामीले २४सैं घण्टा मेडिकल अधिकृत, स्वास्थ्यकर्मी व्यवस्था गरेका थियौं । पोजेटिभ बिरामीहरुलाई खानपानको व्यवस्थादेखि सिसिक्यामेरा, इन्टरनेट जडान सहितको सुविधा दिएका थियौं । बिरामीको स्वास्थ्य निगरानीका लागि स्वास्थ्यकर्मी २४ सैं घण्टा उपलब्धता सुनिश्चित गरेका थियौं ।

कोभिडले स्वास्थ्य क्षेत्रमा राम्रो पाठ सिकाएको छ । गत बर्ष पहिलो कोरोनाको पहिलो लहरमा हामीले खजुराको क्यान्सर अस्पतालमा सुविधा सम्पन्न कोभिड विशेष अस्पताल हामीले सुरु गरेका थियौं । जुन कुराले देशभरी यसले चर्चा पाएको थियो । दोस्रो चरणमा हामीले खजुरा क्यान्सर अस्पतालमा ननकोभिड बिरामीको ठूलो शल्यक्रिया गरेका छौं । ४० बढी सर्पदंशका बिरामीको उपचार अहिले खजुरा क्यान्सर अस्पतालमा भएको छ ।

अहिलेको प्लस प्वाइन्ट भनेको के हो भने जुन हामीले खजुरामा दुई वटा आइसोलेसन बनायौं त्यहाँका बिरामीको रगत परीक्षण, एक्सरे लगायतको कार्यका लागि क्यान्सर अस्पतालसँग सहकार्य गरेका छौं । क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकले रनिङ्गमा बिरामी हेर्ने काम गर्नुभएको छ । अक्सिजन सिलिण्डरको अभाव हामीले हुन दिएका छैनौं । क्यान्सर अस्पतालसँग आन्तरिक सहकार्यबाट हामीले आइसोलेसन भर्ना भएका बिरामीलाई अक्सिजन अभाव हुन दिएनौं ।

जसले गर्दा राम्रो सेवा दिन सक्यौं, अक्सिजन अभावमा मृत्यु कसैको भएन ।
खजुरा गाउँपालिकालाई हामीले मेडिकल हब बनाउन खोजेका छौं । क्यान्सर अस्पतालले पनि ठूलो सपोर्ट भएको छ त्यसका लागि । नेपाल अधिराज्य भरी तीन वटा क्यान्सर अस्पताल छन् । जसमा खजुराको पनि एउटा हो । खजुराको क्यान्सर अस्पताललाई सरकारले ट्रयाकमा ल्याएको छ । जसले गर्दा बजेट अभाव हुनेछैन ।

लुम्बिनी प्रदेश मात्रै नभएर सुदूरपश्चिम र कर्णाली प्रदेशका क्यान्सरका बिरामीहरु अब खजुराको क्यान्सर अस्पतालमा आएर पूर्ण उपचार लिन सक्नुहुन्छ । हामीले १५ बेडको अर्को अस्पताल पनि बनाउँदैछौं ।

कोभिड म्यानेजमेन्ट सँगै हामीले पूर्वाधार निर्माणको काम पनि गरिरहेका छौं । भौतिक पूर्वाधार तर्फ सभागृह निर्माणको काम भने केही दिन रोकियो । लेबरको समस्या हुँदा केही दिन रोकिएको हो । लेबर कोरोना पोजेटिभ भएपछि केही दिन काम बन्द गर्नु परेको थियो । दुई हप्ता रोकिएको उक्त काम अहिले सुचारु भैसकेको छ ।

१५ बेडको अस्पताल निर्माणको काम पनि केही दिन रोकियो, लेबरकै समस्याका कारण । लकडाउनका कारण लेबर आउने, जाने समस्या हुँदा केही दिन रोकिएको उक्त काम अहिले सुरुवात भैसकेको छ । कोरोनाको दोस्रो लहरमा कोभिड म्यानेजमेन्टको काम पनि भैरहेको छ भने भौतिक पूर्वाधारको तर्फको काम पनि भैरहेको छ । हाम्रो प्राविधिक फाँटका कर्मचारीहरु एक दिन पनि अपसेन्ट हुनु भएन । नियमित काम गरिरहनु भएको छ ।

कोभिडले विकासमा प्रत्यक्ष असर नपरेको होइन । परेको छ । कोभिड नभएको भए विकास, निर्माणका काम अझै बढी गर्न सक्थ्यौं । जस्तो कोभिड नभएको भए, कोरोनाको दुई वटा लहर नआएको भए अहिलेसम्म हाम्रो ग्रीन सिटीको प्रोजेक्ट अगाडि बढिसक्थ्यो । अहिले पनि हामी ग्रीन सिटीको प्रोजेक्टका लागि सरोकारवालासँग सम्पर्कमा छौं, भर्चुअल मिटिंग भैरहेको छ । बजेट विनियोजन भएको छ । तर, यो कोभिडले गर्दा डिस्र्टभेन्स भएको छ ।

हाम्रो पूर्वाधार र भौतिक पूर्वाधारको निर्माण कार्य पनि भएको छ । तर, कोभिडका कारण त्यसमा पनि डिस्टरभेन्स भएको नै छ । कोभिड संक्रमण नियन्त्रणमा आएपछि बाँकी काम थप दु्रत रुपमा गर्ने हाम्रो लक्ष्य रहेको छ । तेस्रो लहरको कुरा आइरहेको छ । त्यसको वावजुद पनि हामीले जनता माझ गरेका वाचाहरु पूरा गर्न तत्पर छौं ।

प्रकाशित मितिः     २९ जेष्ठ २०७८, शनिबार १५:१४  |