घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन्छ खजुरा गाउँपालिका


बाँके :  खजुरा गाउँपालिकाले शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । चुनावी प्रतिवद्धता पुरा गर्दै गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले यस्तो सेवा सन्चालन गर्न निर्देशन दिएका हुन ।

सम्भवत जिल्लाकै उदाहरणीय उक्त काम सन्चालन हुँदा लक्षित बर्ग खुसी हुँदै आएका छन् । घर भन्दा बाहिर जना नसक्ने ज्येष्ठ नागरिकलाई उक्त सेवाले लाभ दिएको छ ।

घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा आगामी वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको छ । तर कोरोना महामारीले भने उक्त सेवा प्रदानमा प्रभावित बनायो ।  गाउँपालिबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ
नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँच देखि रक्तचाप र मधुमेहको १५.१५
दिनमा औषधि दिईने गरिएको थियो ।

शिविरमा मेडिकल डाक्टर २ जना र फिजिसियन डाक्टर १ जना समेत सिङ्गो गाउँपालिकाबाट
स्वास्थ्यको टिम शिविरमा खटिइने गरिएको छ ।

रक्तचाप, मधुमेहलागयतका सेवा विशेषज्ञ टोलीले दिने गरेको छ । वडा नं. १ का वडाध्यक्ष सुमन मल्लले खजुरा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर जेष्ठ नागरिकहरुका लागि भएको बताए ।

उनले यस्ता शिविर सन्चालन हुँदा ज्येष्ठ नागरिकहरु खुसी भएको बताउँछन् । आगामी दिनमा हाल शिविरका क्रममा दिएका भन्दा अन्य सेवा समेत दिने तयारी भइरहेको छ ।

प्रकाशित मितिः     २९ जेष्ठ २०७८, शनिबार १६:०८  |