प्रविधिको प्रयोगमा अब्बल खजुरा गाउँपालिका


नेपालगन्ज :  बाँकेको खजुरा गाउँपालिकाले प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । सेवा प्रवाहलाई समयानुकुल बनाएर लैजाने उदेश्य सहित त्यसो गरिएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति बताउँछन् ।

ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीलाई अनलाईन मार्फत संचालन गरिएको छ ।

खजुरा गााउँपालिका ८ वटै वडामा अनलाईन मार्फत घट्ना दर्ता बिलिङ्ग गर्न प्रकृया अगाडी बढाईएको छ । सबै वडामा अनलाईन सेवा संचालनका लागी इन्टरनेट जडान, कर्मचारीलाई तालिम लगायतको प्रकृया अगाडी बढाईएको छ ।

सबैभन्दा पहिले अनलाईन ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरियो ।

५ दिने तालिममा गाउँपालिका आइटी अफिसर, कार्यालय सहायक,सचिव खरिदारलाई ब्यहारिक तथा सैद्धान्तिक ज्ञान सिकाइएको थियो । हाल वडा नं १ देखि ४ सम्म इन्टरनेट समेत जडान भैसकेको छ ।

गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले २१ औं शताब्दीमा समय सुहाउदो अनलाईन मार्फत कामकाज हुने बताए ।
उनले अनलाईन सेवाले सेवाग्राहीको काम अझ प्रभावकारी ढंगले हुने बिश्वास ब्यक्त गरे ।

गाउँपालिका उपप्रमुख एकमाया बिकले अनलाईन सेवाले हिजोका दिनमा जस्तो नाम छुट्ने, दोहोरिने समस्या हट्नुका साथै काममा पारदर्शिता र प्रभावकारी हुने बताईन ।

कार्यक्रम अधिकृत प्रमुख अधिकृत दिलबहादुर पौडेलले अनलाईन सेवाले सुरक्षा र समयको बचत हुने बताए । उनले संचारको युगमा सरकारको नीति अनुरुप नै गाउँपालिकाले अनलाईन अभिलेखिकरण सेवा संचालन गर्न लागेको बताए ।

प्रकाशित मितिः     २९ जेष्ठ २०७८, शनिबार २२:०१  |