गुर्भाकोट नागरिक समाजद्धारा ४० घरपरिवारलाई राहत सहयोग


सुर्खेत :  गुर्भाकोट नागरिक समाज सेवा अभियानले गुर्भाकोट नगरपालिका वडा नं. ९ का बिपन्न ४० घरपरिवारलाई राहत सहयोग प्रदान गरेको छ ।

मलेशियामा रहेका तथा गुर्भाकोटमै रहेका नागरिकहरु मिलेर बनेको उक्त समूहले राहत स्वरुप चामल,दाल, नुन र तेल प्रदान गरेको सदस्य बिरेन्द्र ओलीले बताए ।


धनबहादुर कामीको संयोजकत्वमा गठन भएको समितिमा सहसंयोजक पदम चुनारा, सचिव बिरेन्द्र पुन, कोषाध्यक्षमा बेल कुमार ओली, सहसचिवमा मनबहादुुर बिक रहेका छन् ।

प्रकाशित मितिः     ८ असार २०७८, मंगलवार १५:०७  |
error: Content is protected !!