सिम्ताको घोडेरीमा सडक बन्यो, अब स्थानीयको जिवनस्तर उकास्न लाग्छौं : सांसद ठम्मर बिष्ट


  • रोमहर्ष ओली

गुर्र्भाकोट(सुर्खेत) २४ असार :  सिम्ता गाउँपालिका वडा नं. ६ मा पर्ने राकम ठिग्री घोडेरी सडक सन्जालको नेकपा(माओबादी केन्द्र) प्रदेससभा संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टले उद्घाटन गर्नुभयो ।

पहिलो पटक सडक पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । सांसद बिष्टले ग्रामिणक्षेत्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको सडक सन्जाललाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा सडक लगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम अगाडी बढाईने पनि स्पष्ट पार्नुभयो ।

सडक उद्घाटन कार्यक्रममा सिम्ता गाउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसी ,उपाध्यक्ष चन्द्रकला शाही , वडा अध्यक्षहरु ,राजनितिक दलका पार्टी प्रतिनिधि,पत्रकार ,सुरक्षाकर्मी ,बुद्धिजीवी र जनताहरुको उपस्तिथि रहेको थियो ।

सो योजनाको लागि आब २०७७र७८ को बजेटबाट कर्णाली प्रदेश सरकारका प्रदेस सभा सद्स्य बिष्ट्ले पुर्वाधार विशेष कार्यक्रम अन्तर्गत रु ७१ लाख रुपया बिनियोजन गर्नुभएको थियो।

उक्त योजनाले राकम ,ठिग्नी र घोडेरीबासी जनताहरुको बर्षौ देखिको सडक निर्माण गर्ने सपना आज पूरा भएको र सडक निर्माणकार्यको लागि बजेटको व्यवस्था गरिदिने सांसद बिष्टलाई स्थानीयले धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै सिम्ता गाउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसीले उदाहरणीय कामका लागि सांसद विष्टलाई धन्यवाद ज्ञापन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै सांसद बिष्टले उक्त सडक संजालबाट जोडिएका त्यस क्षेत्रका जनतालाई अब कृषि र उद्योग पेशामा आवद्ध बनाई जिबनस्तर उकास्नकोलागि आफु सदैव कटिबद्ध रहेर लाग्ने प्रतिबद्धता समेत गर्नुभयो ।

प्रकाशित मितिः     २४ असार २०७८, बिहीबार ०६:२५  |