होटल सिद्धार्थको महाप्रवन्धकमा काशीराम अधिकारी,यस्तो छ व्यवस्थापनमा बैदेशिक अनुभव


नेपालगञ्ज । सिद्धार्थ हस्पिटालिटी ग्रुप अन्तर्गतको होटल सिद्धार्थ नेपालगञ्जको महाप्रवन्धकमा काशीराम अधिकारी नियुक्त भएका छन् । लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको पर्यटन तथा होटल क्षेत्रमा व्यवस्थापनको उच्च तहमा रहेर काम गरेका अधिकारी हालै मात्र होटल सिद्धार्थमा आबद्ध भएका हुन् ।

दक्षिण पूर्व एशियाका मलेसिया, सिंगापुर, इन्डोसियाको बाली, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाका साथै नेपाल तथा भारतका विभिन्न होटलहरुमा काम गरेको अनुभव अधिकारीसँग छ । होटल सिद्धार्थमा आबद्ध हुन पाउँदा खुसी लागेको अधिकारीले बताए ।


सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रमा देशभर सेवा सञ्जाल विस्तार गरेको छ । सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत हस्पिटालिटी क्षेत्रमा होटल, रेष्टुरेन्ट, रिसोर्ट र क्याफे गरी २४ स्थानबाट सेवा प्रदान भइरहेको ग्रुपका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले जानकारी दिए ।

प्रकाशित मितिः     ३१ असार २०७८, बिहीबार १०:०८  |
error: Content is protected !!