नेपालगन्ज। केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।
यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।
२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्याएको हो।
अर्थमन्त्रीका रूपमा विष्णु पौडेलले बजेट ल्याएका थिए।