प्रधानमन्त्री शेरबहादुर देउवाले पाए बिश्वासको मत, पक्षमा १ सय ६५ , बिपक्षीमा ८३


नेपालगन्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा बिश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।

विश्वासको मतको विपक्षमा ८३ जना सांसदले मत दिएका छन् । एकजना सांसद तटस्थ रहे । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार आजको बैठकमा २ सय ४९ जना सांसद उपस्थित थिए । २१ जना सांसद अनुपस्थित रहेका थिए ।


नेकपा एमालेको संस्थापन पक्षमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि देउवाको पक्षमा रहने सांसदहरुको संख्या बढेको हो । एमालेकै माधव नेपाल पक्षका केही सांसदहरु भने आज अनुपस्थित रहेका थिए ।

 

प्रकाशित मितिः     ३ श्रावण २०७८, आईतवार २२:१२  |
error: Content is protected !!