सीता एयरपछि बुद्धले नेपालगन्ज -पोखरा उडान गर्दै, पर्यटनक्षेत्रमा उत्साह थपियो


नेपालगन्ज : साउन १७ गतेदेखि वुद्ध एयरले नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।

नेपालगञ्जबाट विहान १० वजेसातामा हरेक आईतबार, बुधबार र शुक्रबार वुद्ध एयरको पोखरा उडान सुरु हुनेछ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।


यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग लिजमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो ।
नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भन्नुभयो,– यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।

प्रकाशित मितिः     ८ श्रावण २०७८, शुक्रबार १८:०३  |
error: Content is protected !!