संघको पहलमा व्यवसायीलाई खोप लगाउन शुरु


नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा उद्योगी, व्यवसायीहरुलाई कोरोना बिरुद्धको खोप लगाउन शुरु भएको छ ।

शनिवार डेढ सय उद्योगी, व्यवसायीले खोप लगाएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन् ।

चरणबद्ध रुपमा उद्योगी, व्यवसायीलाई खोप लगाउन पहल गरिएको अध्यक्ष मन्सुरीको भनाई छ ।


संघले निजीक्षेत्रलाई चलायमान बनाउनका लागि भए पनि व्यवसायीहरुलाई फ्रन्टलाइनरका रुपमा राखेर खोप लगाउनुपर्ने माग गर्दै आएको थियो ।

सोही मागलाई सम्बोधन गर्दै पहिलो चरणमा शनिवार खोप लगाइएको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

शनिवार संघका पदाधिकारी एंव कार्यसमिति सदस्य, सल्लाहकार, बस्तुगत संघका अध्यक्ष एवं पदाधिकारीलाई खोप लगाइएको छ । अन्य व्यवसायीलाई चरणबद्धरुपमा लगाइने महासचिव ओलीले बताए ।

प्रकाशित मितिः     ९ श्रावण २०७८, शनिबार २०:५८  |
error: Content is protected !!