ठम्मर बिष्टको पहलमा सिम्तामा सम्पन्न भएका शैक्षिक र अन्य पुर्वाधार विकासका योजना यस्ता छन्


गुर्भाकोट :  कर्णाली प्रदेशका सांसद एवं नेकपा मावादी केन्द्रका प्रमुख सचेतक ठम्मर बिष्टको पहलमा सिम्तामा आधा दर्जन योजना सम्पन्न भएका छन् । शिक्षा तथा अन्य पूर्वाधार विकास योजनाहरु सम्पन्न भएपछि स्थानीय हर्षित भएका छन् ।

सिम्तामा सम्पन्न योजना यस्ता छन् ।
१. सिम्ता बहुमुखी क्याम्पस २ कोठे भवन निर्माण सिम्ता ६ रकम रु २० लाख
२. दलित सुन्दर बस्ती सडक निर्मान तथा स्तरउनति सिम्ता ६ रकम रु ४० लाख
३. दर्कादेखी स्याकिनडाडा जोडने कृषि सडक निर्माण तथा स्तरउनति सिम्ता ८ रकम रु ३० लाख
४. केउरेनी खानेपानी योजना सिम्ता ८ रकम रु १५ लाख
५. मुख्यमन्त्री स्वरोजगार अन्तर्गत सल्लेरी खानेपानी योजना योजना सिम्ता ८ रकम रु २५ लाख
६. नेपाल राष्ट्रिय माध्यमिक बिधालय बजेडाआली ६ कोठे भवन निर्माण सिम्ता ५ रकम रु ५० लाख

यि योजना समापन कार्यक्रममा सांसद विष्ट सहित सिम्ता गाउपालिकाका अध्यक्ष कबिन्द्र कुमार केसी,टेकेन्द्र बस्नेत ,वडा प्रतिनिधिहरु ,राजनितिक दलका पार्टी प्रतिनिधि,पत्रकार ,सुरक्षाकर्मी ,बुद्धिजीवी र जनताहरुको सहभागिता रहेको थियो । सो योजनाहरुको लागि आब २०७७र७८ को बजेटबाटसांसद बिष्ट्ले कर्णाली प्रदेस सरकारबाट बजेट बिनियोजन गरेका थिए ।

उक्त योजनाहरुले उक्त क्षेत्र बासी जनताहरुको बर्षौ देखिको सडक निर्माण,खानेपानी,भवन र सिचाइको अभाव रहेको क्षेत्रमा सपना पूरा भएको र सडक निर्माण कार्य,खानेपानी,भवन र सिचाइको लागि बजेटकको व्यवस्था गरिदिने विष्टलाई धन्यवाद दिएका छन् । कार्यक्रममा बोल्दै सबन्धित वडाका जनप्रतिनिधि र योजनाका अध्यक्षहरुले जनसमुदायहरुलाई आवत जावत , खानेपानी ,सिचाइ र शैक्षिक भवनको लागि निकै समस्या रहेको काम आज पूरा भएको र यो उदाहरणीय कामको लागि बिष्टको प्रशंसा गरे ।

सोहि कार्यक्रममा बोल्दै बिष्टले उक्त सडक,खानेपानी र सिचाइ संजालबाट जोडिएको त्यस क्षेत्रका जनताहरुलाई अब कृषि र उद्योग पेसामा आवद्ध बनाइ जिबनस्तर उकास्नकोलागि आफु सदै कटिबद्ध रहेर लाग्ने र शैक्षिक क्षेत्रको लागि भौतिक र शैक्षिक क्षेत्रमा सुधार गर्न पनि आफू सदै लागिरहने बताए । शैक्षिक क्षेत्र दक्ष जनशक्ति र भाबी सक्षम नेतृत्व उत्पादन गर्ने थलो भयकले सम्पुर्ण बिद्यालय र क्याम्पसहरुलाई गुणस्तरीय र सक्षम जनशक्ति उत्पादनमा जोड दिन पनि अनुरोध गरे । साथै सोहि दिन सिम्ता गाउपालिका अन्तर्गत प्रदेस बाट संचालित सिम्ता ५ मा रु ९४ लाखमा संचालित हाइटेक नर्सरी र सिम्ता ५ मै रु ६६ लाखमा संचालित घलेना लिफ्ट खानेपानी योजना लगायत अन्य योजनाहरुको अनुगमन गरिएको थियो ।

प्रकाशित मितिः     १० श्रावण २०७८, आईतवार ०६:२७  |