पत्रकारिता तालिम समापन, पत्रकारको क्षमता अभिबृद्धि महासंघको प्राथमिकतामा : अध्यक्ष भण्डारी


नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा सन्चालित एक महिने आधारभूत पत्रकारिता तालिमको आइतवार नेपालगन्जमा समापन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा गत असार ६ गतेबाट तालिम शुरु भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख थापामगरले सन्चारक्षेत्रको प्रर्बद्धन र सन्चारकर्मीको क्षमता अभिबृद्धिका लागि उपमहानगर सदैव सहकार्य गर्न तयार रहेको बताइन ।


सन्चारक्षेत्रसंगको सहकार्यबाट नेपालगन्जको समृद्धि हुने बताउँदै उपप्रमुख थापाले बिगतमा झैं आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाइन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले आगामी तिन वर्ष पत्रकारहरुको क्षमता अभिबृद्धि बर्षका रुपमा लगिने बताए । पत्रकारहरुको क्षमता अभिबृद्धि अपरिहार्य रहेको बताउँदै अध्यक्ष भण्डारीले त्यसको व्यवस्थापनका लागि महासंघ सदैव लाग्ने जानकारी दिए ।

वडा नं. ४ का अध्यक्ष मोहमद सफिक बेहनाले वडास्तरबाट पत्रकारिता क्षेत्रको विकासका लागि हातेमालो गर्न तयार रहेको बताए । एक महिने पत्रकारिता तालिमका प्रमुख प्रशिक्षक शंकर प्रसाद खनाल, नविन गिरी लगायतले तालिम उपलब्धीमुलक भएको बताए ।

प्रकाशित मितिः     १० श्रावण २०७८, आईतवार १८:५१  |
error: Content is protected !!