नेपालगन्ज हुँदै लगिएका अवैध सुपरवार सुर्ती धमाधम छिन्चुमा समातिदै


नेपालगन्ज : नेपालगन्ज हुँदै अवैधरुपमा कर्णाली प्रदेश लगिएको सुपरवार सुर्ती धमाधम प्रहरीले समात्न थालेको छ । भारतबाट अवैधरुपमा ल्याइएको उक्त सुर्ती कर्णालीको बजारमा पुर्याउने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले समातेको हो ।

प्रहरीका अनुसार नेपालगन्जबाट सुर्खेततर्फ आउदै गरेको बा ५ प नं को फर्स गाडी चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली ल्याएको सुपरपावर सुर्ती १ हजार ६ सय ७४ पिस, काँचो तथा रेडिमेट कपडा गरी जम्मा सामान बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कोहलपुरतर्फ पठाइएको छ ।


साउन ६ गते नै छिन्चु चेक पोष्टमा चेक जाँच गर्ने क्रममा भे १ क १२१३ नम्बरको मिनि ट्रकमा राजश्व छली अवैध रुपमा ल्याईरहेको १० कुईन्टल चिनी र सुपरपावर सुर्ती २ हजार १ सय ७१ पिस मूल्य बराबरको सामानहरु फेला पारी गाडी सहित नियन्त्रणमा लिई बरामद गरिएको छ ।

प्रकाशित मितिः     १२ श्रावण २०७८, मंगलवार १३:५५  |
error: Content is protected !!