बुद्ध होलिडेजको बाँके/बर्दिया– पोखरा आर्कषक ‘टुर प्याकेज’ घोषणा


नेपालगन्ज १२ साउन :  पर्यटन प्रर्बद्धनमा भूूमिका खेल्ने बुद्ध एयरको अर्को संस्था बुद्ध होलिडेजले बाँके/बर्दिया– पोखरा टुर प्याकेज सन्चालनमा ल्याएको छ ।

बुद्ध एयरले साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा नियमित उडान सुरु गर्ने घोषणा गरेका बेला टुर प्याकेज समेत सार्वजनिक गरेको हो । पहिलो चरणमा सातामा ३ उडान सुरु गर्न लागिएको वुद्ध एयर नेपालगञ्जका प्रबन्धक विनित शाहले जानकारी दिनुभयो ।

नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा, न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ भाँडा तीन किसिमको छ । यात्रुहरुको चापका आधारमा निकट भविष्यमा दैनिक पनि हवाई उडान हुन सक्ने वुद्ध एयरले जनाएको छ ।

नेपालगञ्जबाट विहान १० वजेसातामा हरेक आईतबार, बुधबार र शुक्रबार वुद्ध एयरको पोखरा उडान सुरु हुनेछ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज–पोखरा हवाई उडान सुरु गरिएको छ ।

यसअघि दोश्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टड उडान गर्दै आएको थियो ।


नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँके शाखाले गण्डकी शाखाको सहकार्यमा सुरुवातमा चार्टड उडान सुरु भएकोमा अबदेखि नियमित उडान सुरु हुन लागेको हो ।
नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरा सम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

नेपालगञ्ज नजिक भारतको ठुलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ, नाट्टा बाँकेका अध्यक्ष सिग्देलले भन्नुभयो,– यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत सहयोग पुग्नेछ ।
बुद्ध एयरले सार्वजनिक गरेको टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि २ दिन ३ राहतको योजना छ । योजना रु १० हजार ९ सय ९९ बाट शुरु हुन्छ । त्यस्तै नेपालगन्जबाट पोखराका लागि पनि त्यस्तै योजना रु १३ हजर ४ सय ९९ बाट शुरु भएको छ । हेर्नुहोस् बिस्तृत-

 

 

प्रकाशित मितिः     १२ श्रावण २०७८, मंगलवार ०६:३०  |
error: Content is protected !!