- मेरो अटोबाट
काठमाडौं । पछिल्लो समय मोटरसाइकलको मूल्य निरन्तर बढ्दै गएको छ । विभिन्न कम्पनीहरूले प्रायः महिनैपिच्छे मोटरसाइकलको मूल्य बढाउँदै लगेका हुन् ।
नेपाली बजारमा भारतम उत्पादन हुने मोटरसाइकल ब्रान्ड धेरै रहेको छ । भारतम पछिल्लो समय लगातार मोटरसाइकलको मूल्य वृद्धि भइरहेको छ । यसको असर नेपाली बजारमा परेका विक्रेताहरूले बताउने गरेका छन् ।
पछिल्लो समय एउटै मोटरसाइकलमा ४ हजारदेखि १ लाख रुपैयाँसम्म मूल्य वृद्धि भएको पाइएको छ ।
नेपालमा सबैभन्दा धेरै मोटरसाइकल विक्री हुने सेग्मेन्ट भनेको १५० सीसी रहेको छ । १५० सीसी सेग्मेन्टमा मोटरसाइकल किन्नेको संख्या बढ्दो रहेको पाइन्छ । पावर डिजाइन र उचित मूल्यका कारण १५० सीसीका मोटरसाइकल सबै उमेर समूहले रुचाउने गरेका छन् ।
यामाहा एफजेडएस भी ३
यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले नेपालमा विक्री गर्दै आएको यामाहा एफजेडएस भी ३ काे मूल्य पछिल्लाे पटक बढेकाे छ। केही समयअघि यामाहाले यसको मूल्य वृद्धि गरेको हाे । १५० सीसी क्षमतको इन्जिनमा उपलब्ध यामाहाको यो मोटरसाइकलको मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त इन्जिनले अधिकतम् १३.२ पीएस पावर प्रदान गर्छ ।
टीएनटी १५
वेनेलीले नेपालमा विक्री गर्दै आएको टीएनटी १५ र टीएनटी १५० आई पनि १५० सीसी क्षमताका मोटरसाइकल हुन् । कम्पनीले विक्री गर्ने टीएनटी १५ को मूल्य २ लाख ४७ हजार ५०० र टीएनटी १५० आईको मूल्य ३ लाख ४३ हजार ५०० रुपैयाँ रहेको छ । १४९ सीसी क्षमताका इन्जिन उपलब्ध यी बाइकले अधिकतम् १२.६ बीएच पावर प्रदान गर्छ ।
होन्डा युर्निकर्न
होन्डा यूनिकर्न १५०को मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ । स्याकार ट्रेडिङले विक्री गर्ने यो मोटरसाइकल बजारमा निकै सफल मोडल मानिन्थ्यो । सन् २०१६ मा यसको उत्पादन बन्द गरेसँगै यूनिकर्न १६० सीसीमा मात्रै उपलब्ध रहेको थियो । तर, २०१९ को अन्तिम्बाट पुनः बजारमा आएको यूनिकर्न अहिले पनि राम्रो विक्री हुने मोडलमा पर्छ । यसमा रहेको १४९ सीसी क्षमताको इन्जिनले १२.७३ बीएच पावर प्रदान गर्छ ।
बजाज पल्सर १५०
बजाज पल्सर १५० सर्वाधिक सफल मोटरसाइकल हो । यसको मूल्य २ लाख ६८ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण हुँदै आएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले सन् २००१ देखि नै नेपालमा पल्सर १५० उपलब्ध रहेको छ । यसको दुवै चक्कामा डिस्क ब्रेक रहेको (टीडी) भेरियन्ट पनि उपलब्ध रहेको छ । यो भेरियन्टको मूल्य भने २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ । यसमा रहेको १४९.५ सीसी क्षमताको इन्जिनले अधिकतम् १३.४ पीएस पावर प्रदान गर्छ ।
सीएफ मोटो १५० एनके
केही दिन अघि मात्र मूल्य बढेको १५० एनकेको मूल्य ३ लाख ३५ हजार ५०० रुपैयाँ पुगेको छ । एनके परिवारको सबैभन्दा सानो मोटरसाइकल १५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्वीड कूल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले ९००० आरपीएम १४ बीएच पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको ट्रान्समिसन रहेको यो मोटरसाइकलमा १० लिटरको क्षमताको फ्यूल ट्याङ्क रहेको छ ।
अन्य
यामाहाले विक्री गर्ने एफजेडएस भी टु र एसजेड आरआर पनि १५० सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । एफजेड भी टुको मूल्य २ लाख ८४ हजार ९००, एसजेड आरआरको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ । यी मोटरसाइकलमा रहेको १४९ सीसीको इन्जिनले अधिकतम् १३.१ पीएस पावर प्रदान गर्छ । त्यस्तै नेपालमा सुजुकी जिक्सर, हाउजे १५०, मोटरहेड एचएम १५० जस्ता मोटरसाइकल उपलब्ध रहेको छ । सुजुकी जिक्सरकाे मूल्य ३ लाख ३८ हजार ९०० रूपैयाँ, मोटरहेड एमएच १५० काे २ लाख ९५ हजार ९०० रूपैयाँ र हाउजे १५० काे मूल्य ३ लाख ५० हजार रूपैयाँ रहेकाे छ ।