ओली सरकारले बनाएको थियो तुईन हटाएर १३० वटा झोलुङ्गेपुल, बाँकी निर्माणको चरणमा


  • गजेन्द्र थपलिया

श्रावण १५ गते महाकाली नदीको मालघाटमा तुईन तर्दा भारतीय एस्एसबीले तुईन काटेर जयसिंह धामीको मृत्यु भएपछि तुईन विस्थापनको विषयलाई लिएर संचार माध्यममा धेरै चर्चा परिचर्चा भएको छ।

घटनाको वास्तविकता छानविन भन्दा यसलाई राजनिती गर्न खोजेको पनि आभास पाईन्छ। नेकपा एमालेका आदरणीय अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रि हुँदा पहिलो निर्णय स्वरूप २०७२ असोज २५ गते तुईन विस्थापन गर्ने निर्णय गर्नु भएपछि तत्कालिन अवस्थामा देशभर तुईनको संख्या १७१ वटा रहेकोमा हालसम्म १३० वटा स्थानमा झोलुङ्गेपुल निर्माण सम्पन्न भएको छ भने ३ वटामा सडकपुल बनेको छ।

१२ वटामा झोलुङ्गेपुल निर्माणाधिन रहेको छ भने २६ ठाउँमा प्राविधीक सहित विभिन्न कारणले निर्माण गर्न संभाव्य नभएको थियो। नेपाल र भारतको सिमाना नदि महाकालीमा ५ वटा ठाउँमा भारत तर्फबाट झोलुङ्गेपुल निर्माणको अनुमती नदिएको कारण २०७३ सालमा लागेको ठेक्का रद्ध हुन पुगेको थियो भने केपी शर्मा ओली द्रोस्रो पटक प्रधानमन्त्रि भएर भारत भ्रमणमा जाँदा भारतिय पक्षसँग कुरा गर्नुभएपछि मालघाट लगायत ४ स्थानमा पून ठेक्का लागेको थियो।

महाकाली नदीको ४ ठाउँ मध्ये २ ठाउँमा ९५ प्रतिशत र मालघाट लगायतमा ३० प्रतिशत निर्माण सम्पन्न भएको छन् अन्य ८ स्थानमा पनि ५० प्रतिशत भन्दा बढि काम निर्माण सम्पन्न भएको छन्। यी पनि कोविडको कारणले निर्माण सम्पन्न हुन नसकेका हुन् भने अब छिट्टै निर्माण सम्पन्न हुनेनै छन् त्यसैले जनताको जीवन रक्षाको लागि बाँकी काम छिटो सम्पन्न गरौं यसमा राजनिती नगरौं।

थपलिया निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विकास बिज्ञ हुन

प्रकाशित मितिः     १८ श्रावण २०७८, सोमबार ०६:४६  |