वेस्टर्न मलमा थपिदै छन् यस्ता सेवा


नेपालगन्ज २० साउन :  नेपालगन्जमा पहिलो पटक स्थापना भएको ब्यापारिक मलमा नयाँ नयाँ शोरुम धमाधम खुल्दै छ । नेपालगन्जको मुटुमा सुर्खेतरोडमा रहेको हालसम्म मेलान्ज स्टोरबाट बिभिन्न फेसनका समानहरु विक्री गरिरहेको छ ।

आरएस ईलेक्ट्रोनिकस्बाट घरायसी विद्युतीय उपकारण, सेन्चुरी इन्फोटेकको कम्प्युटर शोरुम लगायतका पसलहरु संचालनमा आइसकेका छन् । वेष्र्टन सुपरमार्केट, नेपालगन्जमै पहिलो पटक मल्टिब्राण्ड मोबाईल ग्याजेट इम्पोरियम सेन्टर, अन्तराष्ट्रिय स्तरको परफ्युम शोरुम इना सेन्टरको नेपालगन्ज शाखा, रेस्टुरेन्ट, किड् जोन खुल्दै छ ।


कोरोना महामारीले बजार शिथिल भएको अवस्थामा पनि अन्तराष्ट्रिय स्तरको शोरुम खुल्नुले नेपालगन्जको स्थानिय बजारमा उत्साहप्रदान गर्ने बिश्वास गरेको वेस्र्टन मलका सन्चालक शैलेश लोहनीले बताए ।

साथै मल पुर्णरुपमा एयरकन्डिसन रहने तथा सम्पुर्ण सेवा सुबिधाहरु अन्तराष्ट्रिय स्तरको रहने जनाइएको छ ।

प्रकाशित मितिः     २० श्रावण २०७८, बुधबार १३:५६  |
error: Content is protected !!