छ वर्षमा बर्दिया निकुञ्जमा ६२ हजार विदेशी पर्यटक आए,बाँके निकुञ्ज ‘बामे सर्दै’


तस्विर : सौगत भट्टराईको फेसबुकबाट

नेपालगन्ज २१ साउन : बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो छ वर्षमा ६२ हजार ६ सय ८४ बिदेशी पर्यटकले अवलोकन गरेका छन् । पर्यटन विभागले हालै जारी गरेको ‘पर्यटन तथ्यांक–२०२०’ अनुसार, चितवन राष्ट्रिय निकुञ्जपछि धेरै विदेशी पर्यटन आउने निकुञ्जकारुपमा बर्दिया नै परेको छ ।

२०७०/७१ मा बर्दियामा १३ हजार ५ सय ४८ बिदेशी पर्यटकले अवलोकन गरेका थिए । २०७२/७३ मा १० हजार ६ सय ३८,२०७३/७४ मा १७ हजार ९ सय ५९,२०७४/७५ मा ६ हजार ७ सय ७३,२०७५/७६ मा ८ हजार २ सय ६० र २०७६/७७ मा ५ हजार ५ सय ६ जनाले अवलोकन गरेका थिए ।

बर्दिया निकुञ्ज बिश्वमै प्रख्यात रहेको भएपनि दश वर्षअघि स्थापना भएको बाँके निकुञ्जमा भने पर्यक आर्कषित गर्ने कार्यक्रम बन्न नसक्दा पर्यटक आगमन सन्तोषजनक छैन । पर्यटन विभागको तथ्यांक अनुसार, पछिल्लो चार वर्षमा २५ जना विदेशी पर्यटकले बाँके निकुञ्ज अवलोकन गरेका छन् ।

दुबै निकुञ्जमा पर्यटक आर्कषित गर्ने योजना बनिरहेका बेला दुईवर्षदेखजारी कोरोनाले पर्यटन क्षेत्रलाई नराम्रो गरी प्रभावित बनाएको छ ।

 

प्रकाशित मितिः     २१ श्रावण २०७८, बिहीबार ०६:५७  |