औद्योगिक क्षेत्र पहिले कि बस्ति ?


नेपालगन्ज २३ साउन :  शहरको बीचमा रहेको नेपालगन्ज औद्योगिकक्षेत्र प्रदुषणको कारण भन्दै संधै आलोचित हुँदै आएको छ । प्रदुषण नियन्त्रणका लागि औद्योगिकक्षेत्रलाई अन्यत्र हटाउनुपर्ने आवाज समेत नउठेको होइन । तर हट्न भने सकस छ ।

अहिले बस्तिबीच औद्योगिक क्षेत्र भएको भनिएपनि बास्तविकता भने फरक छ । बरपरी बस्ति नभएका बेला नेपालगन्ज औद्योगिक क्षेत्र बनेको थियो । २०३० सालमा औद्योगिक क्षेत्र बन्दा वरीपरी घरहरु थिएनन् । थोरबहुत सडक पूर्वाधार भएको र वरीपरी बस्ति नभएको ठाउँ हेरेर उतिबेला औद्योगिकक्षेत्र निर्माण गरिएको थियो । पश्चिमको औद्योगिक विकासका लागि यो औद्योगिकक्षेत्र कोशेढुङ्गा साबित भएको छ ।

पालमा उद्योग व्यावसायको विकास र व्यावस्थापन गर्न विभिन्न क्षेत्रहरूमा ११ वटा औद्योगिक क्षेत्रहरू स्थापना गरिएका छन् । बालाजु औद्योगिक क्षेत्र, काठमाडौँ, २०१६ हेटौडा औद्योगिक क्षेत्र, मकवानपुर, २०२० पाटन औद्योगिक क्षेत्र, ललितपुर, २०२० धरान औद्योगिक क्षेत्र, धरान, २०२९ नेपालगन्ज औद्योगिक क्षेत्र, बाँके, २०३० पोखरा औद्योगिक क्षेत्र, कास्की, २०३१ बुटवल औद्योगिक क्षेत्र, रुपन्देही, २०३२ भक्तपुर औद्योगिक क्षेत्र, भक्तपुर, २०३५ विरेन्द्रनगर औद्योगिक क्षेत्र, सुर्खेत, २०३८ धनकुटा औद्योगिक क्षेत्र, धनकुटा, २०४१ गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र २०४४ सालमा स्थापना भएको थियो ।

नेपालगन्ज औद्योगिकक्षेत्रमा साना ठूला झण्डै तीन दर्जन उद्योगहरु सन्चालनमा छन् । अर्वौ लगानी रहेको यि उद्योगमा संयौले रोजगारी पाएका छन् । उद्योग अन्यत्र सार्न सकस छ । बाँकेकै गनापुर लगायतका ठाउँमा उद्योगहरु स्थानान्तरण भइरहेका छन् । नेपालगन्ज औद्योगिक क्षेत्रको बिकल्प तयार हुँदै गरेपनि भनेका बेला चलिआएका उद्योग अन्यत्र सार्न नसकिने अवस्था छ । शुरुमा बस्ति नभएको ठाउँमा औद्योगिक क्षेत्र बन्छ,त्यसपछि वरीपरी बस्ति बस्छ ।

अनि शुरु हुन्छ प्रदुषणको लफडा । उद्योगीहरुका लागि पछिल्लो समय सबैभन्दा टाउको यही नै टाउको दुखाईको बिषय बन्दै आएको छ । उद्योगीहरु भन्छन्–‘बस्ति छैन भनेर उद्योग खोल्यो । उद्योग खोलेपछि वरीपरी बस्ति बस्छ अनि शुरु हुन्छ प्रदुषणको लफडा । यही कारण कयौं उद्योगहरुले मुद्दा समेत खेप्नुपरेको छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी वातारण प्रदुषण नियन्त्रणमा निजीक्षेत्र गम्भीर रहेको तर अनावश्यकरुपमा झिकिने विवादले समाधान नदिने बताउँछन् । उनी भन्छन्–‘बस्तिकोबीचमा उद्योग खोल्न पाइदैन भने जस्तै उद्योगको आसपास निश्चित समयका लागि बस्ति बसाउन नपाइने गरी निती बनाउन आवश्यक देखिन्छ । त्यसले उद्योग र नागरिकबीच बिवाद बढ्दैन ।’

नेपालगन्ज सबैभन्दा प्रदुषित शहरभित्र पर्छ । त्यसको एउटा कारण शहरभित्र रहेको औद्योगिक क्षेत्रलाई मानिदै आएको छ । तर बर्षौ पहिले बस्ति नभएका बेला खुलेको औद्योगिकक्षेत्र भित्रका उद्योगहरुले प्रदुषण कम गर्ने उपायहरुको खोजि गरिरहेका छन् । प्रदुषण नियन्त्रण आफुहरुको दायित्व भएको उनीहरु बताउँछन् ।

प्रकाशित मितिः     २३ श्रावण २०७८, शनिबार ०८:०९  |