वेस्टर्न मलले नेपालगन्जको व्यापारमा नयाँ आयाम दिन्छ-संजय थापा


 

  • संजय थापा
    अध्यक्ष,
    वेस्टर्न बिजनेश ग्रुप

नेपाल सानो र सुन्दर मुलुकका साथै प्रचुर सम्भावना भएको मुलुक हो । यहाँ बजारको बिबिधिकरण चल्दै आएको छ र क्रेताहरु पनि कुनै पनि बस्तु खरिद गर्नको लागि सामान्य खरिद प्रक्रियामा मात्र सिमित नभएर एउटा अनुभव वा रमाइलोपनको रुपमा पनि हेरिन थालिएको छ । त्यसतै समयको बचतको निम्ति सबै प्रकारका सामानहरु एकै ठाँउमा लिने चलन पनि बढ्दो छ ।

बिषेश गरि खाद्यान्न, घरायसी सरसामान, बिधुतिय उपकरण, लत्ता कपडा तथा फेसनका अन्य सामाग्रीको खरिदमा यो कुरा अत्यन्तै बढी आउछ । सोही क्रममा बिगत १ दशक भन्दा बढी समय देखि नेपालगंज क्षेत्रमा चीरपरिचित वेस्र्टन बिजनेस ग्रुपको लगानीमा लुम्बिनी प्रदेश मै पहिलो पटक अत्याधुनिक सुबिधा सम्मन सपिङ्ग मल संचालनमा ल्याउने भएको छ ।

हाल तयारी अवस्थामा रहेको यस मलमा बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरंजनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने छ । यसका अलावा अन्तराष्ट्रिय स्तरको सेलुन, सौना तथा स्पा, फुड कोर्ट समेत रहने छ । नेपालगंजमै पहिलो पटक साना तथा महिला उद्यमीलाई लक्षित गरी ससाना स्टलका रुपमा कियोस्स स्टोर अन्यन्तै न्यून भाडादरमा उपलब्ध गराउने लक्षय यस मलले लिएको छ ।

मल भनेको किनमेल गर्ने स्थानका रुपमा मात्र नभएर मनोरञ्जन र फुर्सदको समय व्यथित गर्ने स्थान समेत भएकोले सो कुरालाई बिषेश ध्यान दिएर यसका भित्री आकर्षण तथा साजसज्जालाई समेत बिषेश ध्यान दिइने छ । जसलाई हाल चलनमा रहेको सैल्फि प्वाईटका रुपमा पनि लिन सकिने छ । साथै यस मलमा वेस्र्टन बिजनेस ग्रुपकै तर्फबाट वेस्र्टन मार्ट (सुपर मार्केट) समेत संचालनमा आउने छ । यस मलमा मल्टिब्राण्ड मोबाइल तथा ग्याजेट सोरुम, रेस्टुरेन्ट,कफी सप, फेसन सोरुम आदी समेत रहने छन ।

अत्याधुनिक सुबिधा सम्पन्न यो मल पुर्ण रुपमा एसी जडित, क्याप्सुल लिफ्ट, यथेष्ठ पार्किङ्गको सुबिधा रहने छ । त्यस्तै मलको बाहिरी भागमा नेपालगंजको स्थानिय स्वादका बिभिन्न परिकारका फुड स्टलहरु समेत रहने छ ।

हालको यस्तो बिषम परिस्थितीमा निजी क्षेत्रको प्रयासबाट यस खाले लगानी गरेर व्यापार व्यवसाय संचालनमा आउनाले यसले समग्र नेपालगंजको व्यापार व्यवसायलाई पुर्नताजगी दिने बिश्वास लिइएको छ । यस किसिमको मल तथा व्यापारीक मल संचालनमा आउदा यो एउटा कोशे ढुङ्गाका रुपमा रहने छ ।

 

प्रकाशित मितिः     २३ श्रावण २०७८, शनिबार १८:२६  |