निजी वन हुर्काउने बाँकेकी मालती खड्कालाई वन मन्त्रालयको सम्मान


नेपालगन्ज २५ साउन :  बाँकेको खजुरा गाउँपालिका– २, सी गाउँकी मालती खड्कालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भूसंरक्षण विभागले सम्मानित गरेको छ ।

केही वर्षदेखि निजी वन हुर्काएर वातावरण संरक्षणमा लागेका कारण उनलाई सरकारले सम्मान गरेको हो । सीतापुरमा रहेको पाँच बिघाभन्दा बढी पुर्ख्यौली जमिनमा उनले ४० करोड लगानी गरी ‘मालतीरुद्र कृषि फार्म’ सुरु गरेकी थिइन ।


आफ्नै जमिनमा सुरुमा विभिन्न जातका ४ हजार बिरुवा रोपिन् । करिब दुई बिघा जमिनमा बिरुवा रोपेपछि निजी वन दर्ता गरेर निजी वन संरक्षणमा सक्रिय छन् ।

प्रकाशित मितिः     २५ श्रावण २०७८, सोमबार १७:१०  |
error: Content is protected !!