प्रधानमन्त्री देउवासंग उपमेयर उमा थापामगरको भेटघाट, नेपालगन्जको विकासबारे ध्यानार्कषण


नेपालगन्ज २५ साउन : नेपालगन्ज उप महानगरपालिका उप प्रमुख उमा थापामगरले सोमवार प्रधानमन्त्री शेर बहादुर देउवा संग भेटघाट गर्नुभएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटार पुगि उप प्रमुख उमा थापा मगरले प्रधानमन्त्री शेर वहादुर देउवालाई भेटघाट गर्नुभएको हो।
भेटघाटमा उप प्रमुख थापाले अहिलेको राजनितिक अवस्था र नेपालगंज नगरका विभिन्न योजनाका वारेमा जानकारी गराउनुभएको थियो ।


उहांले विेशेष गरि नेपालगंजको रिंगरोड, उप महानगरपालिकाले संचालन गरेको छात्रा कलेज,भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तराष्ट्रिय क्रिकेट मैदान हालै बन्दै गरेको नाथम कलेज जाने वाटो कालोपत्रे र नगरका बांकी रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राख्नुभएको हो ।

उहांको मागलाई सम्वोधन गदै प्रधानमन्त्री देउवाले आफुले पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बांके जिल्लाको नेपालगंजका योजनाको विषयमा आफु गम्भिर रुपमा लाग्ने वताउनुभएको छ ।

प्रकाशित मितिः     २५ श्रावण २०७८, सोमबार १६:५५  |
error: Content is protected !!