साउन : बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले संघीय सरकारले भुमिहिन जनातको बासको अधिकार खोसेको बताएका छन् ।
अध्यक्ष कक्षपतिले आफ्नो गाउँपालिकामा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित जनताको अभिलेख लिएर आधिकारकारी रुपमा लालपूर्जा प्रदानगरी जमिनको मालिक बनाउने प्रकृया अन्तिम चरणमा पुगेका समयमा आयोग नै खारेज गरेर सरकारले बासका लागि जमिनको मालिक बन्ने जनताको अधिकार सरकारले खोसेको बताए ।
खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले नागरिकलाई अधिकार सम्पन्न बनाउनका लागि सरकारले काम गर्नु पर्नेमा नागरिकको बासको अधिकार खोस्ने सरकार कसरी जनपक्षिय सरकार हुन्छ भन्दै प्रश्न गरे । मंगलवार खजुरामा आयोजित भुमिसमस्या समाधान आयोग इकाई कार्यालय खजुरा गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा कक्षपतिले उक्त कुरा बताए ।
अध्यक्ष कक्षपतिले आफ्नो गाउँपालिकामा भुमिहिन दलित ७३८ भुमिहिन सुकुम्बासी १०९८ अव्यवस्थित बसोबासी ३४२२ गरी जम्मा ५२५८ जनको लगत संकलन भई पूर्जा वितरणको शुभारम्भ गर्ने चरणमा गाउँपालिकाले काम गरिरेको अवस्थामा सरकारले यही साउन १९ गते आयोग नै खारेजी गरेकोले वर्तमान सरकारले नागरिक अधिकार प्रदान गर्ने भन्दा खोस्ने कामको अभियान संचालन गरेको बताए ।
संविधानमा नै सबै नेपालीको बासको अधिकार पूर्ण रुपमा उपभोग गर्न पाउने व्यवस्था भए अनुसार नै काम भइरहेकोमा राजनीतिक पूर्वाग्रहका आधार आयोग नै खोरेजी गर्ने कामको जतिसुकै निन्दा गरेपछि थोरै हुने बताए ।
खजुरा गाउँपालिकाका ८ वटै वडामा रहेका भुमिहिन दलित ७ सय ३८ भुमिहिन सुकुम्बासी १ हजार ९८ अव्यवस्थित बसोबासी ३ तीन हजार ४२२ गरी जम्मा ५ हजार २५८ जनाको सरकारको नीति अनुसार लगत संकलन, दस्तावेजीकरण सहित सम्पूर्ण कार्य भई सकेको अवस्थामा आयोज नै खारेज गरेको कारण सरकारलाई भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासी विरोध हाृे भन्ने कहिपनि प्रमाण खोज्न जानु नपर्ने उनले बताए ।
सरकारको निर्णयलाई सर्वेच्व अदालले प्रश्न गरेको बताउनदै नागरिकलाई जमिनको मालिक बनाउनका लागि जस्तो सुकै अप्ठेरोमा आफु र आफ्नो नेतृव्यमा रहेको गाउँपालिकाले काम गर्ने समेत बताए । लगत संकलन तथा व्यवस्थापनका लागि गाउँपालिकाको २४ लाख १२ हजार ४ सय ३८ रुपैयाँ २५ पैसा खर्च भएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
गाउँपालिकाले हाल सम्म गरेको कार्यको जानकारी गराउने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल, वडानं. ४ अध्यक्ष तीलकवीर सुनार, कार्यपालिका सदस्यहरु, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिल बहादुर पौडेल लगाएको उपस्थिति रहेको थियो ।