होटलपछि नेपालगन्जमा सुपरमार्केटमा लगानी केन्द्रीत


नेपालगन्ज ३० साउन :  बाँकेमा कुनै बेला हस्पिटालिटीक्षेत्रमा लगानी केन्द्रीत थियो । होटलहरु यति खुलेकी लगानीकर्ताले उक्त क्षेत्रलाई कम्तिमा बाँकेमा ‘इनअफ’ भन्न थालिसकेका थिए ।

पाँचतारे दुईवटा सहित आधा दर्जन भन्दा बढि तारे एवं सुविधा सम्पन्न होटल खुले पनि व्यापार सन्तोषजनक छैन । बजारको आवश्यकताले भन्दा पनि देखासिकीले लगानी गर्दा राम्रै चलेका होटल समेत संकटमा छन् । प्रदेशको राजधानी नबन्दा प्रभावित बनेको बाँकेको हस्पिटालिटीक्षेत्रलाई दुई वर्षयता निम्तिएको कोरोना संकटले ताला लगाउनेसम्मको बनाएको छ ।

हस्पिटालिटीक्षेत्र पछि बाँकेमा फनपार्कमा लगानी केन्द्रीत भयो । तीनवटा फनपार्क स्थापना भए पनि पुरै राम्रोसंग खुल्न पाएका छैनन् । एकसाथ तीनवटा फनपार्क आवश्यकता होकी देखासिकी समयले मुल्यांकन नै गर्ने छ । तर मनोरन्जन उद्योगका लागि यि तीनवटा फनपार्क निर्माणले कायापलट गरिदिएको छ ।


बाँकेमा हस्पिटालिटी पछि अहिले सुपरमार्केटमा लगानी केन्द्रीत छ । भाटभटेनीले आफ्नो आउटलेट खोलिसकेको छ भने वेष्र्टन मार्ट पूर्ण क्षमतामा सन्चालन हुँदै छ । लक्ष्मी फिल्महललाई सुपरमार्केट सहितको बनाइदै छ भने नेपालगन्ज उपमहागरपालिकाले समेत सुपरमार्केटको योजना बनाएको छ । नीजीक्षेत्रबाट सानो लगानीका मार्टहरु पनि खुल्ने क्रम बढेको छ ।

 

प्रकाशित मितिः     ३० श्रावण २०७८, शनिबार ०८:३४  |
error: Content is protected !!