नेपालगन्ज ३० साउन : सत्ताबाट बर्हिगमन र पार्टीको आन्तरिक कलहकाबीच नेकपा एमालेका केन्द्रीय नेताहरुले जमिनी धरातल बुझिरहेका छन । देशमा हुने आगामी निर्वाचनलाई लक्षित गरी पार्टी सुदृडीकरणका लागि पार्टी नेताहरु जिल्लाका कार्यकर्ताहरुसंग घनिभुत छलफलमा रहनुभएको एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल बताउँछन् ।
शुक्रवार एमाले बर्दियाको कमिटिलाई केन्द्रीय सचिव प्रदिप ज्ञवालीले सम्बोधन गरे । पार्टीको आन्तरिक विभाजनको झल्को नआउँने गरी बैठकमा नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेता भिम केसीले बताए ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
शनिवार एमाले बाँकेको जिल्ला कमिटि बैठकलाई स्थायी कमिटि सदस्य शंकर पोखरेलले सम्बोधन गर्दै छन् । उनी आज दिनभर बाँकेका बिभिन्न सभा, सम्मेलनमा सहभागिता जनाउँदै छन् । मुख्यमन्त्रीबाट बर्हिगमनपछि पोखरेलले पहिलो पटक आज बाँकेको सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै छन् ।