रेष्टुरेन्टमा बढ्दो लगानी


नेपालगन्ज १ भदौ :  नेपालगन्जमा रेष्टुरेन्टक्षेत्रमा लगानी बढेको छ । कोरोना महामारीकाबीचमा पनि ठूलो लगानीका रेष्टुरेन्टहरु खुल्न थालेको व्यवसायीहरु बताउँछन् ।

रेष्टुरेन्ट कल्चर बढ्दै गएका कारण पनि यहाँ उक्त क्षेत्रमा लगानी ओइराउनेहरु बढेका हुन । ‘होटलक्षेत्र यतिबेला नराम्रोगरी प्रभावित भएको छन् । तर रेष्टुरेन्टमा लगानीकर्ता आर्कषित भएको देखिन्छ ।’–होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने ।


कुनै बेला नेपालगन्जमा रेष्टुरेन्ट एवं कटेज भनेकै सिद्धार्थ कटेज भनेर बुझिन्थ्यो । तर अहिले ठूलो संख्यामा रेष्टुरेन्ट र कटेजहरु खुलेका छन् । नयाँ खुलेका रेष्टुरेन्टमा आर्कषक इन्टरियर डेकुरेसन छन् भने नयाँ नयाँ ‘टेष्ट’ उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मितिः     १ भाद्र २०७८, मंगलवार ०७:३६  |
error: Content is protected !!