महासंघको एम्बुलेन्स खरिदका लागि सगरमाथा एन्सुरेन्सले दियो रु १ लाख


नेपालगन्ज :  सगरमाथा इन्सुरेन्सले नेपाल पत्रकार महासंघ बाँकेको एम्बुलेन्स खरिदका लागि रु १ लाख सहयोग गरेको छ ।

मंगलवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक गोविन्द उपाध्यायले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व बहन गर्दै एम्बुलेन्स खरिदका लागि सहयोग गरेको उपाध्यायले बताए ।


महासंघ बाँकेले सर्बसुलभरुपमा एम्बुलेन्स सेवा दिन एम्बुलेन्स खरिद गर्न लागेको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । एम्बुलेन्स खरिद प्रक्रिया शुरु भइसकेको उनले बताएका छन ।

भन्सार छुटका लागि स्थानीय तह, प्रदेश र केन्द्रका निकायसंग समन्वय गर्नुपर्ने भएकाले उक्त प्रक्रिया शुरु भइसकेको भण्डारीले जानकारी दिए । अब चाँडो भन्दा चाँडो एम्बुलेन्स खरिद गरिने भण्डारीले उल्लेख गरेका छन् ।

प्रकाशित मितिः     १ भाद्र २०७८, मंगलवार १४:२५  |
error: Content is protected !!