नेपालगन्ज : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले पहिलो पटक फैसलाको संग्रह प्रकाशन गरेको छ ।
बरिष्ठ्तम न्यायाधीश डा. रत्नबहादुर बागचन्दले मंगलवार एक कार्यक्रमकाबीच उक्त फैसला संग्रह सार्वजनिक गरे । कार्यक्रममा अन्य न्यायाधीश र सरोकारवाला निकायका अगुवाहरु सहभागि थिए ।
![](https://i0.wp.com/arthapage.com/wp-content/uploads/2023/12/d556cba3-6c15-465f-b97a-f05decf1492e.jpg?resize=740%2C282&ssl=1)
उक्त संग्रहमा नेपालगन्ज इजलासबाट जारी भएका अन्तिम आदेश एवं अन्य फैसला मध्ये गुणस्तरीय अन्तरिम आदेश समेत समावेश गरिएको छ ।
बरिष्ठ्तम न्यायाधीश बागचन्दले अदालतबाट प्रकाशन भएका यस्ता संग्रहले कानूनका विद्यार्थी,अनुसन्धानकर्ता, अध्येतालाई बिशेष महत्व पुर््याउने बताए । कार्यक्रमका अन्य सहभागिहरुले फैसलाको संग्रह महत्वपूर्ण कानुनी दस्ताबेज सावित भएको उल्लेख गरे ।