नेपालगन्जका व्यवसायीलाई आर्थिक ऐनका बारेमा प्रशिक्षण


नेपालगन्ज:  बुधवार नेपालगन्जका व्यवसायीलाई आर्थिक ऐन तथा व्यवस्था सम्बन्धी जानकारी गराइएको छ ।

नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको आयोजना तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्जको सहकार्यमा नेपाल सरकारको आर्थिक ऐन तथा व्यवस्था सम्बन्धि अन्तरकृया कार्यक्रम गरिएको हो ।

नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता एवम् आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर प्रमुख शरद पौडेलको प्रमुख आथ्यितामा सम्पन्न भएको छ ।


उक्त कार्यक्रमलाई संघका महासचिव चिरञ्जीवी ओलीले सञ्चालन गर्नुका साथै कार्यक्रमको सहजीकरण कर कार्यालयका कर अधिकृत खडक पाण्डेले गर्नु भएको छ ।

कार्यक्रममा उद्योगी, व्यावसायहरुद्धारा कर सम्बन्धि उठ्ठान गरिएका प्रश्न तथा जिज्ञासाहरुको उत्तर सहज रुपमा प्राप्त गरेका छन् ।

प्रकाशित मितिः     २ भाद्र २०७८, बुधबार ०६:५९  |
error: Content is protected !!