पहिलो पटक उच्च अदालत नेपालगन्ज इजलासबाट फैसलाको संग्रह प्रकाशित


नेपालगन्ज :  उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले पहिलो पटक फैसलाको संग्रह प्रकाशन गरेको छ ।

बरिष्ठ्तम न्यायाधीश डा. रत्नबहादुर बागचन्दले मंगलवार एक कार्यक्रमकाबीच उक्त फैसला संग्रह सार्वजनिक गरे । कार्यक्रममा अन्य न्यायाधीश र सरोकारवाला निकायका अगुवाहरु सहभागि थिए ।


उक्त संग्रहमा नेपालगन्ज इजलासबाट जारी भएका अन्तिम आदेश एवं अन्य फैसला मध्ये गुणस्तरीय अन्तरिम आदेश समेत समावेश गरिएको छ ।

बरिष्ठ्तम न्यायाधीश बागचन्दले अदालतबाट प्रकाशन भएका यस्ता संग्रहले कानूनका विद्यार्थी,अनुसन्धानकर्ता, अध्येतालाई बिशेष महत्व पुर््याउने बताए । कार्यक्रमका अन्य सहभागिहरुले फैसलाको संग्रह महत्वपूर्ण कानुनी दस्ताबेज सावित भएको उल्लेख गरे ।

प्रकाशित मितिः     २ भाद्र २०७८, बुधबार ०७:२३  |
error: Content is protected !!