नेपालगन्ज । गत आर्थिक वर्षमानेपालगन्ज विमानस्थलले नाफा कमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नाफा कमाउने विमानस्थलको सूचीमा नेपालगन्ज पनि परेको हो । नेपालगन्ज विमानस्थलले ५ करोड आम्दानी गर्दा २ करोड ४५ लाख खर्च गरेको छ ।
सबैभन्दा बढी आम्दानी गर्नेमा पर्छ विराटनगर एयरपोर्ट । विराटनगर एयरपोर्टले आर्थिक वर्ष २०७७र८८ मा ६ करोड ५२ लाख आम्दानी गरेको छ छ । नेपालगञ्ज, पोखरा, र धनगढीका एयरपोर्ट पनि फाइदामा छन् । तर, यो फाइदा नागरिक उड्डयन प्राधिकरणको खातामा चढ्दैन । ‘केही एयरपोर्टमा नाफामा छन् तर नाफा जति सञ्चालनमै सकिन्छ’ प्रवक्ता क्षेत्रीले भने ।
यो वर्ष पोखरा एयरपोर्टले ४ करोड ५५ लाख ८९ हजार ८६३ रुपैयाँ आम्दानी गर्दा १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, नेपालगञ्ज एयरपोर्टले ५ करोड आम्दानी गर्दा २ करोड ४५ लाख खर्च गरेको छ । धनगढी एयरपोर्टको आम्दानी २ करोड ७० लाख २२ हजार ७२ रुपैयाँ छ भने खर्च १ करोड ५३ हजार ६७९ रुपैयाँ छ ।
गौतमवुद्ध विमानस्थलको आम्दानी ५ करोड ३ लाख ६३ हजार ६०३ हुँदा खर्च ४ करोड ७१ लाख ८९ हजार ५७५ रुपैयाँ छ ।
रामेछाप एयरपोर्टको आम्दानी ४४ हजार छ भने खर्च २२ लाख रुपैयाँ छ ।