राजपत्रमा सूचना : खजुरा अब नगरपालिका, राप्तीसोनारी टुक्रिएर राप्तीपालिका थप


नेपालगन्ज :  बाँकेमा स्थानीय तह थपघट र पालिका स्तरोन्नती सम्बन्धी निर्णय भएको सूचना राजपत्रमा प्रकाशित भएको छ ।

उक्त सूचना कार्यान्वयन हुनासाथ बाँकेमा अब ९ वटा स्थानीय तह हुने छन् भने एक उपमहानगरपालिकासहित दुईवटा नगरपालिका हुने भएका छन् । नेपाल सरकारले २०७४ सालमै राप्तीसोनारी गाउँपालिकालाई दुईवटा टुक्रामा विभाजन गरेको थियो भने भने खजुरा गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो ।

तर त्यसबखत निर्वाचन कार्यक्रम अघि बढिसकेकोले कार्यान्वयन भएको थिएन । राप्तीसोनारीलाई विभाजन गरेर राप्ती र सोनारी गरी दुई गाउँपालिका बनाइएको छ । अब बाँकेमा १ उपमहानगरपालिका, २ नगरपालिका र ६ वटा गाउँपालिका भएका छन् ।यो निणर्य भने आगामी निर्वाचनबाट लागू हुने देखिन्छ ।

नेपाल सरकारको राजपत्रमा संघीय मामिला तथा स्थानीय मामिला मन्त्रालयले गठन गरेको समितिले पेश गरेको प्रतिवेदनका आधारमा २०७४ जेठ २८ गते नेपालका विभिन्न जिल्लामा रहेका स्थानीय तहको नाम, संख्या, सीमाना तथा संख्या हेरफेर र स्तरोन्नती गरिएको उल्लेख छ । आगाी निर्वाचनमा चुनिएर आउने गाउँ सभा तथा नगरसभाले निणर्य गरेबमोजिम हुनेबाहेक हाललाई स्थानीय तह र वडाको सीमाना निर्धारण गरी थप, हेरफेर तथा स्तरोन्नती भएका इकाइहरुको केन्द्र निर्धाण गरिएको राजपत्रमा उल्लेख छ ।

जसअनुसार खजुरा गाउँपालिका अब नगरपालिका बनेको छ । साविकको बागेश्वरी, सीतापुर, राधापुर,उढरापुर,सोनपुर, रनियापुर गाविसहरु रहेका छन् । गाउँपालिकामा पनि यीनै गाविसहरु समावेश थिए । नगरपालिकाको क्षेत्रफल १०१।९१ वर्ग किलिोमटर छ भने जनसंख्या ५० हजार ९ सय ६१ रहेको छ । जिल्लाको एक व्यापारिक तथा औद्योगिक क्षेत्रका रुपमा परिचित खजुरा २०७३ साल फाल्गुन २७ गतेको निणर्य अनुसार खजुरा गाउँपालिकाको रुपमा स्थापित भएको थियो । २०७४ सालमा नगरपालिका घोषणा गरिएपनि कार्यान्वयन हुन सकेन । अब आगामी चुनावमा भने २०७४ जेठ २८ को निणर्यअनुसार चुनाव हुनेछ ।

प्रकाशित मितिः     १७ भाद्र २०७८, बिहीबार १९:१३  |