नेपालगन्ज– फरक पेशा एवं व्यवसायिक पृष्ठभुमीका पाँच जनाले दाङको तुलसीपुरमा खोलेको होटल ‘मेट्रो’ लोकप्रिय बनेको छ । आर्कषक इन्टरियर डिजाइन सहित बनेको होटलको ‘टेष्ट’र ‘सर्भिस’ उत्कृष्ट बनेको सेवाग्राही बताउँछन् । होटल चलाउने मात्र होइन पश्चिमको पर्यटन विकासलाई समेत उचाईमा पुर्याउने उनीहरुको योजना छ ।
बिभिन्न क्षेत्रमा आवद्धहरु पाँच जनाको लगानीमा होटल सन्चालनमा आएको हो । पर्यटन क्षेत्रको प्रर्बद्धनका लागि पाँच जनाले तुलसीपुरमा हस्पिटालिटीक्षेत्रमा लगानी गरेका हुन । उक्त ठाउँ आउने जुनसुकै तहका पर्यटकका लागि आवश्यक राम्रो होटलको अभाव नहोस् भनेर मेट्रो सन्चालनमा ल्याइएको हो ।
तुलसीपुर बसपार्कदेखि करिब छ सय मिटर पश्चिम डोगरेमा वर्षौदेखि त्यसै रहेको सन्चालक मध्येकै एकजना सदस्यको करिब दस कठ्ठा जग्गा न्यूनतम भाडामा लिएर होटल सन्चालनमा ल्याइएको छ ।
जग्गा मिलेपछि उनीहरूले काठमाडौंमा मेट्रो हस्पिटालिटी प्रालि दर्ता गरे । कागजी प्रक्रिया पूरा भएपछि २०७६, फागुन २७ गतेदेखि उनीहरू होटल बनाउन थाले ।
नयाँ होटल नयाँ होटल निर्माण थालेलगत्तै कोरोना महामारी सुरू भएको थियो । लकडाउनले सबै ठप्प पा¥यो । तर पनि लगानीकर्ताहरु रोकिएनन् । हरेस खाएनन् । भित्रभित्रै होटलका लागि आवश्यक संरचना निर्माण गरिरहे। डेढ वर्षमा उनीहरूले परिकल्पना गरेजस्तो संरचना तयार भएको थियो ।
औपचारिक रूपमा उद्घाटन नभए पनि २०७८ को पहिलो दिनदेखि होटल सञ्चालनमा आएको थियो । हाल स्थानीय प्रशासनले बेलुका आठ बजेसम्म होटल सञ्चालन गर्न दिने भनेपछि केही सजिलो भएको छ । तर अहिले पनि सन्चालनको सहजता भने छैन । पूर्णरुपमा लकडाउन खुल्ने प्रतिक्षामा छन्, उनीहरु ।
शान्त र पारिवारिक वातावरणमा रहेको होटलमा किचन, रेस्टुरेन्ट, सभाहल र आवासको छुट्टाछुट्टै भवन रहेका छन् । झन्डै पाँच सय मानिस अटाउने हल, अर्को अलि सानो हल, विवाह मण्डप पनि छ । कसैले जन्मदिन मनाउन चाहे त्यसका लागि अलग्गै ठाउँ र दुई तले कफी हाउस पनि होटलको अर्को विशेषता हो ।
अहिले होटलमा २२ जना कर्मचारी काम गरिरहेका छन् । सेफ निमकान्त डाँगी हुन् जोसँग देश–विदेशका तारे होटलमा काम गरेको अनुभव छ । स्थानीय कलेजहरूमा होटल व्यवस्थापन पढाउँछन् पनि। मेट्रो होटलमा काम गर्ने प्रायः युवा उनकै विद्यार्थी हुन् । भविष्यमा मेट्रो होटलले साना गाडी किन्ने योजना बनाएको छ। दाङ, सल्यान, प्युठान, रारा लगायत क्षेत्र घुम्न जाने पर्यटकको सुविधानिम्ति ती गाडी सञ्चालन हुनेछन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै आफ्नो जीविकोपार्जन स्रोत जुटाउनु होटलको प्रमुख लक्ष्य भएको सन्चालनकहरु बताउँछन् । त्यस्तै लामो समय यातायात क्षेत्रमा काम गरेको अनुभवलाई होटल प्रवर्द्धनमा सदुपयोग गर्नु उनीहरुको लक्ष्य हो ।
कर्णालीको रारा र शे–फोक्सोण्डो जानका लागि सबैभन्दा नजिकको रुट तुलसीपुर हुँदै कालिमाटी र बोटेचौर पर्छ । सोही रुट हुँदै लुम्बिनी, गण्डकी, काठमाण्डौं पूर्वका पर्यटकहरु आउनका लागि सबैभन्दा बढि पायक पर्छ ।
छोटो रुट भएकाले पर्यटकका लागि आउजाउमा सहज मानिन्छ । उक्तको चलनचल्ती बढ्दै गएकाले लगानीकर्तालाई उक्त होटलमा लगानी गर्न रुची जागेको हो । यही लगायत अनय पर्यटकीय गतिबिधिलाई प्रोत्साहन गर्दै लैजाने उनीहरुको योजना रहेको छ । त्यसले तुलसीपुरको हस्पिटालिटीक्षेत्रलाई फाईदा मात्र गर्ने छैन् पश्चिमको पर्यटकीय विकासमा समेत सहयोग गर्ने छ ।